ज्योतिष शास्त्र अनुसार कुनै पनि मानिस कति भाग्यमानी छ भनेर उसको हातमा भएका रेखाले पनि विश्लेषण गर्न सकिन्छ। हातमा हुने कुन रेखा कता र कति फर्किएको छ अर्थात् आकार कस्तो छ? त्यसले तपाईंको बारेमा बताउन सक्छ। हस्तरेखा शास्त्रका अनुसार हस्तरेखा, पञ्जा र औंलाले हाम्रो भविश्यबारे संकेत दिन्छ भने तपाईंको स्वाभावबारे पनि धेरै कुरा बताउँछ।
हातमा यदि मनिबन्धबाट जिवनरेखा द्विमुखे बन्छ भने यो विदेश योगको रेखा भन्ने गरिन्छ। साथै कुण्डलीको आधारमा कस्तो ग्रह हुँदा कस्तो यात्राको सम्भावना हुन्छ त?
१) उच्च शिक्षा: चतुर्थ ,भाग्य र द्वादश भावको सम्बन्ध भएमा, चतुर्थ भाव पापाक्रान्त भएमा, लग्नेश द्वादश भावमा भएमा वा द्वादशेश लग्नमा भएमा ,शनि ग्रह चतुर्थ ,सप्तम वा द्वादश मा भएमा
२) कार्यगत यात्रा: पंचम, नवं र द्वादश भावको सम्बन्ध भएमा, नवमेश र कर्मेश वा कर्मेश द्वादसेशको सम्बन्ध भएमा, दशांश कुण्डलीमा यी योग भएमा
३) कार्यालयको कामको लागि: छैठा भावको स्वामी ग्रह भाग्य, दसम वा द्वादशसँग सम्बन्ध भएमा
४) बिबाहपछिको यात्रा: सप्तमेश आठौं ,नवं वा द्वादश भाव वा यसका मालिकसँग सम्बन्ध राखेमा
कहिले सम्भावना हुन्छ त यस्तो यात्राको ?
नवं भावको मालिक दशा चलेमा, चन्द्रमाबाट नवं भावको मालिक दशामा ,आठौं भावको मालिक दशा भएमा, द्वादशेशको दशामा वा साढेसातीको दशामा
राशिअनुसार यात्रा हुने दिशा:
मेष ,सिंह ,धनु– पूर्व
वृष,कन्या ,मकर– दक्षिण
मिथुन,तुला ,कुम्भ– पश्चिम
कर्कट, वृश्चिक,मिन – उतर
ग्रहअनुसार :
सूर्य- पूर्व
चन्द्र– (उतर-पश्चिम )
मंगल- दक्षिण
राहु– (दक्षिण-पश्चिम)
गुरु – (उत्तर-पूर्व)
शनि-पश्चिम
बुध – उतर
केतु- ग्रह बसेको राशिको दिशा
शुक्र- (दक्षिण-पूर्व)