बिहीबार, माघ २२, २०८२

नेपाल–भारतबीचको खेल वर्षाका कारण रद्द

हङकङको मङकङ क्रिकेट मैदानमा वर्षा बाधक बनेसँगै खेल हुन नसकेपछि दुवै टिमले बाँडे समान एक–एक अंक। 
 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

काठमाडौं– एसिसी महिला टी–२० इमर्जिङ टिम्स एसिया कपअन्तर्गत आज हुने भनिएको नेपाल–भारत ‘ए’ बीचको खेलमा झरीका कारण रद्द भएको छ।

National life

हङकङको मङकङ क्रिकेट मैदानमा वर्षा बाधक बनेपछि खेलमा टस नै हुन सकेन। खेल रद्द भएसँगै नेपाल र भारत ‘ए’ले समान एक÷एक अंक बाँडेका छन्। अंक बाँडेसँगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना अझै जीवितै छ। 

थाइल्यान्डले भिसा समस्याका कारण अन्तिम समयमा नाम फिर्ता लिएपछि नेपालले प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गरेको हो। प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ। नेपालको समूहमा हङकङ, भारत र पाकिस्तान छन्। त्यस्तै समूह ‘बी’मा मलेसिया, युएई, बंगलादेश र श्रीलंका छन्।

नेपालले दुई खेलपछि एक अंक जोडेको छ। यसअघि भएको पहिलो खेलमा नेपाल पाकिस्तान ‘ए’सँग ९ रनले पराजित भएको थियो। नेपालले समूहको अन्तिम खेल आगामी २ असारमा हङकङसँग खेल्नेछ। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा स्थान बनाउनेछन्।

प्रकाशित: Jun 15, 2023| 15:58 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्