शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • नागरिक उड्डयन प्राधिकरणलाई नक्सापास गर्न महानगरको चिठ्ठी

नागरिक उड्डयन प्राधिकरणलाई नक्सापास गर्न महानगरको चिठ्ठी

सिनामंगलस्थित प्राधिकरणको नाममा दर्ता जग्गामा निर्माण भएको नयाँ भवन कानुनबमोजिम यकिन नभएकाले महानगरले नक्सापास गर्न भनेको हो। 
 |  बिहीबार, जेठ ३२, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, जेठ ३२, २०८०

National life

काठमाडौं– काठमाडौं महानगरले नागरिक उड्डयन प्राधिकरणको नाममा दर्ता रहेको जग्गामा निर्माण गरिएको भवनको नक्सापास गर्न पत्र पठाएको छ।

बिहीबार महानगरले विज्ञप्ति जारी गर्दै वडा–९ स्थित सिनामंगलमा प्राधिकरणको नाममा दर्ता जग्गामा निर्माण भएको नयाँ भवन प्रचलित नियम÷कानुनबमोजिम निर्माण यकिन नभएकाले नक्सापास गर्न भनेको हो। 

महानगरको विज्ञप्तिमा भनिएको छ, ‘सिनामंगलस्थित प्राधिकरणको नाममा दर्ता कायम रहेको जग्गामा नयाँ भवन निर्माण भएको देखिएकाले उक्त भवन प्रचलित नियम/कानुनबमोजिम निर्माण भएको छ छैन ? भएको भए सोको प्रमाण र पास नभएको भए महानगर कार्यालयको २०६०/०२/०३ मितिको राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित ३५ दिने सूचनाबमोजिम नक्सापास गर्नुहुन निर्देशानुसार अनुरोध छ।’

प्रकाशित: Jun 15, 2023| 14:16 बिहीबार, जेठ ३२, २०८०
प्रतिक्रिया दिनुहोस्