मंगलबार, चैत १७, २०८२

पीपीएल टी-२० : जित बिहिन चितवन टस हारेर ब्याटिङ गर्दै

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

पोखरा- पोखरामा जारी सवार्धिक पुरस्कार राशीको पोखरा प्रिमियर लिग (पीपीएल) टी-२० क्रिकेट अन्तर्गत जित बिहिन रहेको चितवन राइनोजले यतीखेर धनगढी ब्लुजविरुद्ध ब्याटिङ गदै छ । पोखरा रंगशालामा पारस खड्काको चितवनले दिपेन्द्र सिंह ऐरीको धनगढीविरुद्ध टस हारेर ब्याटिङ गर्दै छ । 
 
चितवन पहिलो जितको खोजीमा छ भने धनगढी दोस्रो जितको खोजीमा छ । अघिल्ला दुई खेलमा पराजित भएको चितवनलाई प्ले अफमा पुग्न जित्न्नै पर्ने दबाब छ । चितवन पहिलो खेलमा बुटवल ब्लास्टर्ससँग ७० रनले पराजित भएको थियो । 

यस्तै दोस्रो खेलमा पोखरा पल्टनसँग ५ विकेटले पराजित भयो । अघिल्ला दुई खेल गुमाएको कारण धनगढीविरुद्ध चितवन दबाबमा हुनेछ । धनगढीविरुद्ध पराजित भएमा चितवनको प्ले अफ यात्रा लगभग सकिनेछ । चितवनले दुई खेल खेल्दा अंकबिहिन रहेर लिगको अन्तिममा छ । 

यता, एक खेलमा जित र  एक खेल हारेको धनगढीलाई पनि जित आवश्यक छ । चितवनविरुद्धको जितले धनगढीलाई प्ले अफ यात्रा सहज हुनेछ । २ खेलबाट २ अंक जोडेको धनगढी चौथो स्थानमा छ । 

पहिलो खेलमा काठमाडौं रोयल्ससँग १७ रनले पराजित धनगढीले दोस्रो खेलमा विराटनगर टाईटन्सलाई ७८ रनले हराएको थियो ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।