शुक्रबार, भदौ ५, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेताहरुले देउवालाई भेटेर भने– महाधिवेशनमा केन्द्रीय नेता वडा तहबाट जितेर आउने व्यवस्था गर्नुस्

कांग्रेस नेताहरुले देउवालाई भेटेर भने– महाधिवेशनमा केन्द्रीय नेता वडा तहबाट जितेर आउने व्यवस्था गर्नुस्

नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर महाधिवेशनमा केन्द्रीय नेताहरु वडा तहबाटै निर्वाचित भएर आउने व्यवस्था मिलाउन आग्रह गरेका छन्।
 |  बिहीबार, साउन २८, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, साउन २८, २०७८

काठमाडौं– नेपाली कांग्रेसका नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर महाधिवेशनमा केन्द्रीय नेताहरु वडा तहबाटै निर्वाचित भएर आउने व्यवस्था मिलाउन आग्रह गरेका छन्। 

बिहीबार बिहान पार्टीका आमन्त्रित केन्द्रीय सदस्यहरु किरण पौडेल, कृष्णकिशोर घिमिरे, बालकृष्ण पाण्डेय, मोहनसिंह राठौर, जनकराज कलौनी, विश्व भूमि बहादुर गुरुङ र दयाराम पाण्डेयले देउवालाई भेटेर सभापति, पदाधिकारी सहितका केन्द्रीय नेताहरु महाधिवेशनमा वडा तहदेखि नै निर्वाचित भएर आउनुपर्ने व्यवस्था मिलाउन आग्रह गरेका हुन्। 

जवाफमा देउवाले आफू यसअघि वडाबाटै निर्वाचित भएर आएको बताएका थिए। उनले आगामी महाधिवेशनमा पनि त्यही प्रक्रिया लागू गर्न आफू सकारात्मक रहेको बताए।

‘हामीले १४ औं महाधिवेशनमा केन्द्रीय सभापतिदेखि पदाधिकारीहरू सबै वडा तहबाट निर्वाचित भएर आउनुपर्ने माग गरेका छौं,’ आमन्त्रित केन्द्रीय सदस्य किरण पौडेलले भने, ‘सभापतिज्यूले आफू पनि स्थानीय तहबाट निर्वाचित हुँदै आएको र पुनः वडाबाटै निर्वाचित भएर आउने बताउनुभयो।’

नेताहरुले आगामी महाधिवेशनमा वडाबाट  निर्वाचित भएर नआउने केन्द्रीय नेताहरू केन्द्रीय समितिमा लडे सहयोग गर्न नहुने बताएका थिए। यस्तै अन्य पार्टीबाट प्रवेश गरेका र समायोजन समितिको निर्णय अनुसार वडा तहबाटै क्रियाशील सदस्यता प्राप्त गरेकाहरूलाई बिना रोकतोक क्रियाशील सदस्यता दिन उनीहरुले सभापति देउवासँग आग्रह गरेका छन्।

प्रकाशित: Aug 12, 2021| 12:54 बिहीबार, साउन २८, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...