एजेन्सी- मंगलबार राती भएको जर्मन कप फुटबलमा बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख तेस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो चरणको खेलमा वायर्नले चौथो डिभिजनको क्लब एसभी रोडिङहाउजेनलाई २-१ ले परजीय गर्दै कपको तेस्रो चरणमा प्रवेश गरेको हो ।
रोडिङहाउजेन घरेनु मैदानमा भएको खेलमा वायर्नलाई जित दिलाउन सान्ड्रो वाग्नेर र थोमस मुलरले एक एक गोल गर्दा रोडिङहाउजेनका लिनुस मेएरले एक गोल फर्काए ।
खेलको आठौं मिनेटमा वाग्नेरले गोल गर्दै वायर्नलाई सुरुवाती अग्रता दिलाए । खेलको १३ औं मिनेटमा मुलरले पेनाल्टीमा गोल गर्दै वायर्नको अग्रता दोब्बर बनाए ।
तर खेलको २३ औं मिनेटमा रेनेटो सान्चेजले पेनाल्टीमा गोल गर्न नसक्दा वायर्न अग्रता तेब्बर बनाउनबाट चुकेको थियो । उनको प्रहार पोस्ट बारमा लागेको थियो ।
दोसो हाफमा रोडिङहाउजेनले एक गोल गर्दै खेलमा फर्किने प्रयास गरे पनि थप गोल नहुदा टोलीलाई हारबाट जोगाउन सकेनन् । खेलको ४९ औं मिनेटमा रोडिङहाउजेनका मेएरले एक गोल फर्काएक थिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४