NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • बिहारका विधायकको क्षेत्र विकास योजना रकम बढाएर चार करोड पुर्‍याइयो

बिहारका विधायकको क्षेत्र विकास योजना रकम बढाएर चार करोड पुर्‍याइयो

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

पटना- बिहारको विधान सभाका सदस्यहरु तथा विधान पार्षदहरुको क्षेत्र विकास योजना अन्तर्गतको रकम बढाएर चार करोड पुर्‍याइएको छ। बिहारको मन्त्रीमण्डलको मंगलबार बसेको बैठकले क्षेत्र विकास योजनाको रकम बढाउने निर्णय गरेको हो। 

मुख्यमन्त्री नितीश कुमारको अध्यक्षतामा बसेको बैठकले यसअघि तीन करोड रहेको विधायकहरुलाई प्रदान गरिने क्षेत्र विकास अन्तर्गतको रकम बढाएर चार करोड पुर्‍याएको भारतीय सञ्‍चारमाध्यमहरुले जनाएका छन्। 

यसअघि सन् २०१८ मा उक्त रकम दुई करोडबाट बढाएर तीन करोड बनाइएको थियो। करिब चार वर्षपछि फेरि उक्त रकम एक करोडका दरले बढाइएको हो।

अब हरेक वर्ष विधायकहरुलाई क्षेत्र विकास योजना अन्तर्गत चार करोड रकम पाउने भएका छन्। उक्त रकम विधायकहरुले आफ्नो क्षेत्रमा विकास निर्माणका कामहरुमा खर्च गर्नुपर्ने प्रावधान रहेको छ। 

प्रकाशित: Jun 14, 2023| 20:15 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्