NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • समाज
  • मिलेर घुस लिइरहेका वडाध्यक्ष र वडासचिव ७० हजारसहित पक्राउ 

मिलेर घुस लिइरहेका वडाध्यक्ष र वडासचिव ७० हजारसहित पक्राउ 

 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा धनुषाको नगराइन नगरपालिका वडा नं. २ का वडाअध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र घुस रकमसहित पक्राउ परेका छन्। 

सडक निर्माण सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा दुवैजनालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले रंगेहात समातेको हो।

उनीहरुले सेवाग्राहीबाट ७० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित बुधबार नगराइन नगरपालिका वडा नं. २ नगराइन चोकबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

प्रकाशित: Jun 14, 2023| 19:13 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्

थप समाचार

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

‘जुरुक्क कर्णाली’मा बगेका ‘आँसु र आशा’

प्रज्ञा भवनको प्रेक्षालयमा कर्णालीको मार्मिक पीडा, भावना र वेदना समेटिएको यो गीत गुञ्जिँदा धेरैका आँखा रसाए। गला अवरुद्ध भए। यो प्रतिनिधि गीत केवल गीत मात्रै...