शनिबार, असार २७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मिलेर घुस लिइरहेका वडाध्यक्ष र वडासचिव ७० हजारसहित पक्राउ 

मिलेर घुस लिइरहेका वडाध्यक्ष र वडासचिव ७० हजारसहित पक्राउ 

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं- सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा धनुषाको नगराइन नगरपालिका वडा नं. २ का वडाअध्यक्ष बुलन यादव र वडासचिव अमृतनारायण मिश्र घुस रकमसहित पक्राउ परेका छन्। 

सडक निर्माण सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा दुवैजनालाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बर्दिवासको टोलीले रंगेहात समातेको हो।

उनीहरुले सेवाग्राहीबाट ७० हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उक्त रकमसहित बुधबार नगराइन नगरपालिका वडा नं. २ नगराइन चोकबाट नियन्त्रणमा लिएको अख्तियारका प्रवक्ता भोला दाहालले जानकारी दिएका छन्।

प्रकाशित: Jun 14, 2023| 19:13 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्