काठमाडौं- नेपाल एसबिआई बैंक र अरोगिन हेल्थकेयर प्रा.लि. विशालनगरबीच बैंकका ग्राहकलाई छुट प्रदान गर्ने विषयमा सम्झौता भएको छ।
सम्झौतामा बैंकका प्रबन्ध निर्देशक विनोदकुमार ढुंगेल र हेल्थकेयरका तर्फबाट म्यानेजर जानुका विष्टले हस्ताक्षर गरेका हुन्।
सम्झौताअनुसार बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड तथा मोबाइल बैंकिङ सेवा प्रयोगकर्ताहरूले अरोगिन हेल्थकेयर प्रा.लि.मा कार्ड तथा मोबाइल बैंकिङ प्रयोग बापत विभिन्न सेवामा छुट प्राप्त गर्नेछन्।