शुक्रबार, जेठ १, २०८३

नेप्सेमा वृद्धि कायमै, कारोबार रकम ५ अर्ब नाघ्यो

 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं- आइतबारदेखि  निरन्तर उकालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को परिसूचकमा आज पनि दोहोरो अङ्कको वृद्धि देखिएको छ। कारोबार रकम पनि बढेर पाँच अर्ब नाँघेको छ। आज नेप्से परिसूचक १६ दशमलव ४२ अङ्कले बढेर दुई हजार ३७ दशमलव छ अङ्क कायम भएको छ। 

National life

आज दुई सय ७५ वटा कम्पनीको एक करोड २५ लाख ६१ हजार चार सय ४० कित्ता सेयर ७९ हजार चार सय ६१ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब एक करोड ७८ लाख सात हजार छ सय ८२ बराबरको कारोबार भएको छ।

आज विकास बैंक, वित्त, होटल तथा पर्यटन, लगानी, निर्जीवन बीमा र व्यापार समूहको उपसूचक घटेको छ भने बाँकी सबै समूहको उपसूचक बढेको छ। विकास बैंक समूह ३६ दशमलव २१, वित्त १५ दशमलव ८९, होटल तथा पर्यटन ४३ दशमलव १६, लगानी शून्य दशमलव ३९, निर्जीवन बीमा ६७ दशमलव २७ र लगानी समूह २० दशमलव ०९ अङ्कले घटेको छ।

उपसूचक बढ्नेमा सबैभन्दा धेरै जीवन बीमा समूह एक सय ६४ दशमलव ६६ अङ्कले बढेको छ। त्यसैगरी, बैंकिङ १५ दशमलव ७४, जलविद्युत् १२ दशमलव छ, उत्पादन तथा प्रशोधन ३४ दशमलव १६, लघुवित्त ६५ दशमलव एक, म्युचुअल फन्ड शून्य दशमलव एक र अन्य समूह ३२ दशमलव ९० अङ्कले बढेको छ।
 
आजको कारोबारमा खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै गुमाउनेमा राष्ट्रिय बीमा कम्पनी लिमिटेडको सेयर मूल्य पाँच दशमलव ६२ प्रतिशतले घटेको छ। कारोबार रकम र कारोबार भएका सेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै रू २८ करोड १७ लाख आठ हजार आठ सय ४२ बराबरको पाँच लाख ३४ हजार चार सय ५६ कित्ता सेयर किनबेच भएको छ।

प्रकाशित: Jun 14, 2023| 16:05 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्