शुक्रबार, जेठ १, २०८३

घोडा किन्न अनुदान बाँड्दै मादी गाउँपालिका

पालिकाभित्र मोटर नपुगेका ठाउँमा पर्यटकलाई घुमाउन घोडा खरिदमा अनुदान दिन लागिएको हो।
 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

कास्की– कास्कीको मादी गाउँपालिकाले पयर्टन प्रवद्र्धनका लागि घोडा खरिद गर्न अनुदान दिने भएको छ। हिमाली भेगमा घुम्न जाने पर्यटकलाई सहज बनाउन घोडा खरिदमा अनुदान दिन लागिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीेले बताए।

National life

‘अहिले दररेट माग गर्ने काम भइरहेको छ। हुम्ला, जुम्ला, मनाङ र मुस्ताङका व्यावसायीले दररेट हाल्नुहोला। त्यसपछि लागत साझेदारीका आधारमा पर्यटन व्यवसायीले आधा मूल्य तिर्ने गरी घोडा खरिद गर्न दिने हो’, उनले भने। 

गाउँपालिकाको विशेषगरी वडा–१ र २ को हिमाली भेगमा पयर्टक पुगे पनि अहिलेसम्म मोटर बाटो नपुगेकाले घुम्नकै लागि घोडा उपयुक्त रहेको मादी–१ का वडाध्यक्ष देवीजंग गुरुङले बताए।

‘यहाँको सिक्लेस, ताङ्तिङ्, क्हपुचे ताल, कोरी, क्रपुडाँडा पुग्ने पर्यटकलाई हिँड्न समस्या हुन्छ। हाम्रो वडामा गाडी पुग्न बाँकी धेरै पर्यटकीय क्षेत्र छन्’, उनले भने, ‘बाटो अभावमा हिँड्न नसक्ने पर्यटकले दुःख पाइरहेका छन्। उनीहरूका लागि घोडा खरिद गर्न सकियो भने राम्रो हुन्छ।’

घोडा खरिद गर्न इच्छुक वडाभित्रका पर्यटन व्यवसायीलाई वडा कार्यालयमा सम्पर्क गर्न सूचना गरिएको छ। 

प्रकाशित: Jun 14, 2023| 14:57 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्