आइतबार, वैशाख १३, २०८३

फुटबलर सावित्रा इजरायली क्लब हापोएल रानाना एएफसीमा अनुबन्ध

फुटबलर सावित्रा भारतीय  लिगमा उत्कृष्ट खेलेपछि युरोपेली क्लबको रोजाइमा पर्न थालेकी हुन्।
 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं– नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्ट्राइकर सावित्रा भण्डारी (साम्बा)ले युरोपको फुटबल क्लबबाट व्यावसायिक फुटबल खेल्ने अवसर पाएकी छन्।

National life

सावित्रालाई इजरायली क्लब हापोएल रानाना एएफसीले अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएको हो। सावित्रा यसअघि भारतको महिला लिगमा अनुबन्ध हुँदै आएकी थिइन्।

घरेलु फुटबलमा विभागीय टोली नेपाल एपिएफ क्लबबाट खेल्दै आएकी सावित्राले भारतमा दुई फरक क्लबबाट प्रतिभा देखाउँदै तीन वटा लिग उपाधि जितिसकेकी छन्। 

उनले हालै मात्र भारतको महिला लिगमा गोकुलम केरलाबाट खेल्दै टोलीलाई लिग च्याम्पियन बनाएकी थिइन्। लिगमा २९ गोल गर्दै उनले सर्वाधिक गोलकर्ताको उपाधिसमेत जितेकी थिइन्।

सावित्राले यसअघि सेथु एफसीबाट भारतीय लिग खेलेकी थिइन्। भारतीय  लिगमा उत्कृष्ट खेलेपछि सावित्रा युरोपेली क्लबको रोजाइमा पर्न थालेकी हुन्।

kumari

प्रकाशित: Jun 14, 2023| 14:32 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्