शुक्रबार, पुस ४, २०८२

रिहा भए अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प

ह्वाइट हाउस छाड्ने बेला गोप्य कागजात चुहावट गरेको मुद्दामा अदालतमै पक्राउ परेका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प अदालतकै आदेशमा रिहा भएका हुन्।
 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं– अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प रिहा भएका छन्। ट्रम्पविरुद्ध गत शुक्रबार गोप्य कागजात चुहावटसहित ३७ वटा मुद्दा दायर भएका थिए। ४९ पृष्ठ लामो अभियोगमा सुरक्षालाई खतरामा पार्ने, आणविक र रक्षा गोप्य फाइल गलत रूपमा आफ्नो निजी निवासमा राखेको आरोप उनीविरुद्ध लगाइएको थियो।

National life

ह्वाइट हाउस छाड्ने बेला गोप्य कागजात चुहावट गरेको मुद्दामा अदालतमै पक्राउ परेका अमेरिकी पूर्वराष्ट्रपति ट्रम्प अदालतकै आदेशमा रिहा भएका हुन्। सोही मुद्दामा सुनुवाइका लागि उनी अमेरिकी मियामी अदालतमा उपस्थित भएका थिए।

मियामीको डाउनटाउनको संघीय अदालतको १३औं तलामा उपस्थित भएका उनलाई प्रहरीले सोही स्थानबाटै नियन्त्रणमा लिएको थियो।  प्रहरीले त्यहीँ ट्रम्पको फिंगर प्रिन्ट लिई अदालतमा उपस्थित गराएको थियो। 

सुनुवाइपछि न्यायाधीश जोनथन गुडम्यानले ट्रम्पलाई बाहिरिन अनुमति दिए पनि उनका सहयोगी वाल्ट नाटासँग कुनै सम्पर्क नगर्न आदेश दिए। यो मुद्दामा नाटालाई पनि प्रतिवादी बनाइएको छ। अदालतमा ट्रम्पका वकिल टोड ब्लान्चेले १५ मिनेटसम्म ट्रम्प ३७ वटै मुद्दामा दोषी नभएको दाबी प्रस्तुत गरेको एजेन्सीले जनाएका छन्।

अदालती सुनुवाइपछि मियामीबाट न्युजर्सीस्थित आफ्नै गल्फ क्लबमा फर्किएका ट्रम्पले राष्ट्रपति जो बाइडेनलाई भ्रष्टको संज्ञा दिए। बाइडेनले आफूलाई मनगढन्ते आरोपमा गिरफ्तार गराएको उनले टिप्पणी गरे।

Laxmi sunrise bank
kumari

आगामी २०२४ मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा बाइडेन र ट्रम्पबीच प्रतिस्पर्धा हुने देखिएको छ।–एजेन्सीको सहयोग

प्रकाशित: Jun 14, 2023| 11:43 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्