NadaNada
शुक्रबार, भदौ ६, २०८२

असारमा पनि ब्याजदर यथावत

मंगलबार बसेको बैंकर्स संघ बैठकले बैंकको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो। 
 |  बुधबार, जेठ ३१, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

vianetvianet

काठमाडौं– असारमा पनि वाणिज्य बैंकले बचतको ब्याजदर यथावत राख्ने भएका छन्। मंगलबार बसेको बैंकर्स संघ बैठकले बैंकको ब्याजदर यथावत राख्ने निर्णय गरेको हो। 

बैंकमा लगानीयोग्य रकम बढ्दै गएको र कर्जा माग पनि नबढेको अवस्थामा निक्षेपको ब्याजदर घट्न सक्ने अनुमान थियो। गत वैशाखपछि वाणिज्य बैंकहरूले निक्षेपको ब्याजदर चलाएका छैनन्।

गत वैशाखमा बचतको ब्याजदर ११ प्रतिशतभन्दा माथि पुगेको थियो। हाल वाणिज्य बैंकले साधारण निक्षेपमा ५.४ देखि ७.४ प्रतिशतसम्म र मुद्धतीमा ७.९९ देखि ९.९९ प्रतिशतसम्म ब्याज दिइरहेका छन्।

निक्षेपको ब्याजदर यथावत राखिए पनि कर्जाको ब्याजदर भने सामान्य घट्ने भएको छ। संघले राष्ट्र बैंकले तोकेको कर्जा र निक्षेपबीचको ब्याजदर अन्तर (स्प्रेड दर) ४.०२ मा झार्न पनि कर्जाको ब्याजदर घटाउन लागेको हो। 

प्रकाशित: Jun 14, 2023| 11:13 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्