बिहीबार, माघ २२, २०८२

ग्लोबल टी२० लिगमा छानिए सन्दीप र दीपेन्द्र 

आगामी २० जुलाईदेखि सुरु हुने फ्रेन्चाइज स्पर्धाका लागि मंगलबार राती भएको ड्राफ्टबाट दीपेन्द्र मोन्टरियल टाइगर्स र सन्दीपलाई सुर्रे जाग्वार्सले अनुबन्ध गरेका हुन्।
 |  बुधबार, जेठ ३१, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, जेठ ३१, २०८०

काठमाडौं– क्रिकेटरद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरी क्यानडामा हुने तेस्रो संस्करणको ग्लोबल टी–२० लिग स्पर्धामा छानिएका छन्। दुवै नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी हुन्।

National life

आगामी २० जुलाईदेखि सुरु हुने फ्रेन्चाइज स्पर्धाका लागि मंगलबार राती भएको ड्राफ्टबाट दीपेन्द्र मोन्टरियल टाइगर्स र सन्दीपलाई सुर्रे जाग्वार्सले अनुबन्ध गरेका हुन्।

२०१८ देखि सुरु भएको ग्लोबल टी–२० लिग सन् २०१९ मा दोस्रो संस्करण आयोजना भए पनि त्यसपछि सञ्चालन हुन सकेको छैन। यसअघि नेपालका सोमपाल कामी र सन्दीपले प्रतियोगिता खेलिसकेका छन्।

सन्दीपले पहिलो संस्करणमा मोन्टरियल टाइगर्स र दोस्रो संस्करणमा टोरन्टो नेसनल्सबाट खेलेका थिए। सन् २०१९ मा सोमपालले विन्नीपेग हकका लागि खेलेका थिए। दीपेन्द्रले पहिलोपल्ट विदेशी फ्रेन्चाइज लिग खेल्न लागेका हुन्।

प्रकाशित: Jun 14, 2023| 11:01 बुधबार, जेठ ३१, २०८०
प्रतिक्रिया दिनुहोस्