शुक्रबार, जेठ १, २०८३

नबिल बैंक र इसेवा मनि ट्रान्सफरबीच सम्झौता

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं- नबिल बैंक रेमिट्यान्स कम्पनी, ईसेवा मनि ट्रान्सफरबीच भुक्तानी सम्बन्धि सम्झौता सम्पन्न भएको छ। यस सम्झौता अन्तर्गत, अब विदेशबाट ईसेवा मनि ट्रान्सफर मार्फत पठाएको रेमिट्यान्स्, नबिल बैंकको नेपालका सातै प्रदेशमा रहेका २५५ शाखा मध्ये जुनसुकै शाखाबाट पनि भुक्तानी गर्न सकिनेछ।

National life

यस सम्झौता बमोजिम, अब विदेशमा रहेका नेपालीहरुले सिधै नबिल बैंकको खातामा पैसा पठाइ नगद भुक्तानी गर्न सक्ने बैंकले जनाएको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले हस्ताक्षर गरेका थिए।

ईसेवा मनि ट्रान्सफरकले परम्परागत शैलि तथा डिजिटल माध्यमबाट इसेवा वालेटका ७५ लाखभन्दा बढी प्रयोगकर्ताहरुको साथै नेपालका प्रायजसो सबै बैंक तथा वित्तिय संस्थाको खातामा विप्रेषण रकम भित्राउँदै आएको छ।

ईसेवा मनि ट्रान्सफरकले सेवाग्राहीहरुलाई आफ्ना १,७५००० भन्दा बढी क्यास प्वाइन्ट मार्फत पनि विप्रेषण भुक्तानी सेवा प्रदान गर्दै आइरहेको छ। सन् २०१९ मा नेपाल राष्ट्र बैंकबाट स्वीकृति प्राप्त ईसेवा मनि ट्रान्सफर, देशभरका एक करोड ६० लाख भन्दा बढी जनसंख्या र एक लाख बढी संस्थाहरुलाई फिनटेकमा आधारित भुक्तानी सेवाहरुको माध्यमबाट सशक्त बनाउँदै आएको एफवान सफ्ट ग्रुपको सहायक कम्पनी पनि हो।

नबिल बैंक लिमिटेडले ३८ वर्षदेखि देशव्यापी रूपमा आफ्ना ग्राहकहरूलाई सेवा प्रदान गर्दै आएको छ। नेपाल सरकारको पूर्ण स्वामित्वमा रहेर २०४१ असार २९ गते स्थापना भएको नबिल बैंक, नेपाल राष्ट्र बैंकबाट “क” वर्गको इजाजतपत्र वित्तीय संस्थाको रूपमा सञ्चालन भई रहेको छ। हाल, ७ प्रदेश र ७७ ओटै जिल्लामा रहेका २५५ शाखाहरुका साथ, नबिल बैंक धेरै रुचाइएको बैंक बन्न सफल भएको छ।

 

प्रकाशित: Jun 13, 2023| 16:55 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्