सोमबार, भदौ ९, २०८२

विज्ञापन संघले मनायो ३३औं वार्षिकोत्सव

 |  मंगलबार, जेठ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

vianetvianet

नेपाल विज्ञापन संघ (आन)ले आफ्नो ३३औं वार्षिकोत्सवको अवसरमा रक्तदान कार्यक्रम गरेको छ।

‘सृजनशील र मर्यादित विज्ञापन बजार उद्योग व्यवसायको दरिलो आधार’ भन्ने नाराका साथ प्रभातफेरीसहित रक्तदान कार्यक्रमको आयोजना गरिएको हो। संघको केन्द्रीय कार्यालय शान्तिनगरमा मंगलवार आयोजित कार्यक्रमबाट ४६ पिन्ट रगत संकलन गरिएको आनले जनाएको छ।

आनका अनुसार शान्तिनगरबाट शुरु भएको प्रभातफेरी शहरका विभिन्न क्षेत्रलाई परिक्रमा गर्दै पुनः केन्द्रीय कार्यालय शान्तिनगरमा पुगेर कोणसभामा परिणत भएको थियो।

संघका अध्यक्ष सोमप्रसाद धितालले कार्यक्रमलाई सम्बोधन गर्दै सृजनशील र मर्यादित विज्ञापन बजारले नै सम्पूर्ण संचारमाध्यम, विज्ञापनदाता र विज्ञापनकर्मीको हित हुने बताए।

कार्यक्रमलाई संघका वरिष्ठ उपाध्यक्ष नारायणकुमार श्रेष्ठ र कार्यक्रम संयोजक कृष्णमुरारी लामिछानेले पनि सम्बोधन गरेका थिए। कार्यक्रममा कलाकार, पत्रकार, विज्ञापनदाता र विज्ञापनकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको आनले जनाएको छ।

Metro Mart

प्रकाशित: Jun 13, 2023| 16:51 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्