शुक्रबार, जेठ १, २०८३

बीवाइडीका गाडीको मूल्य घट्यो

 |  मंगलबार, जेठ ३०, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

काठमाडौं- बीवाइडी गाडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो-३ को तीन वटा भेरियन्टको मूल्य तोकेको छ।

National life

कम्पनीका अनुसार यसको ६०.४८ किलोवाट आवर (युनिट) ब्याट्री प्याकको नयाँ मूल्य ६५ लाख ८८ हजार रुपैयाँ तोकिएको छ। यसमा १०० किलोवाटको मोटर पावर उपलब्ध छ। यसमा भएको ब्याट्रीले एक पटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज प्रदान गर्छ।

यस्तै ५० किलोवाट आवर (युनिट) ब्याट्री प्याक नयाँ भेरियन्टको मूल्य ५५ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसको कम्पनीले बुकिङ समेत खुलाएको छ। यसमा १०० किलोवाट क्षमताको मोटर उपलब्ध छ।

यसमा भएको सो ब्याट्रीले एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ।

यसैगरी, यसैको १५० किलोवाट क्षमताको मोटर भएको एटो-३ को भने ८ लाख रुपैयाँ मूल्य घटेको छ। कम्पनीका अनुसार यसको नयाँ मूल्य ८१ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। यसमा ब्याट्री प्याक ६०.४८ किलोवाट आवर (युनिट) रहेको छ। यसले एक पटकको फुल चार्जमा ४२० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ।

 

प्रकाशित: Jun 13, 2023| 16:34 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्