NadaNada
शुक्रबार, भदौ ६, २०८२

गाँजा खेती रोप्ने ठाउँ खोज्दै गण्डकी सरकार 

औषधीजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने तयारी।
 |  मंगलबार, जेठ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

vianetvianet

पोखरा–गण्डकी प्रदेश सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ। सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रममा औषधीजन्य तथा उद्योगजन्य कच्चापदार्थ उत्पादन प्रयोजनका लागि गाँजा खेतीको सम्भाव्यता अध्ययन गरी आवश्यक कानुनी व्यवस्था गरिने उल्लेख छ।

सरकारले भाँगो, टुसा, निउरो, सिन्की, बाँको, टिमुर, सिस्नो, सिलाम र उच्च पहाडी तथा हिमाली भेगमा हुने आलु, उवा, कोदो, काउनो, फापर, जौलगायत उत्पादनलाई ब्रान्डिङ तथा बजारीकरणमा प्रोत्साहन गरिने नीति लिएको छ। 

भूमिको उत्पादनशीलता अभिवृद्धि गर्न जग्गाको वर्गीकरण, चक्लाबन्दी, यान्त्रिकीकरण, व्यावसायिकीकरणमा जोड दिइने उल्लेख गर्दै नीति तथा कार्यक्रममा उत्पादनको दिगोपना र निरन्तरताका लागि उत्पादनसँग अनुदानको आबद्धता कायम गर्दै लगिने भनिएको छ।

‘एक निर्वाचन क्षेत्र–एक प्रविधिमैत्री स्मार्ट कृषि फर्म’को अवधारणा विकास गरी आवश्यक पूर्वाधारसहित सामूहिक कृषि विकास कार्यक्रम सञ्चालन गरिने सरकारको योजना छ। प्रदेशस्थित अनुसन्धानका निकायसँगको समन्वयमा कृषि क्षेत्रको टड्कारो समस्याका रूपमा रहेका विषयमा कार्यात्मक अनुसन्धान गरी समाधानका उपाय पहिचान तथा प्रसार गरिने जनाइएको छ।

स्थानीय स्तरमा कृषि उपज उत्पादन गरी चिस्यान केन्द्रमा भण्डारण गर्ने किसानलाई निश्चित मापदण्डका आधारमा भण्डारण शुल्कमा सहुलियत प्रदान गर्ने व्यवस्था मिलाउने नीति तथा कार्यक्रममा उल्लेख छ। 

Metro Mart

प्रदेशमा उत्पादित कृषि उपजको बेचबिखनमा संलग्न व्यवसायीलाई प्रोत्साहन गरिने भन्दै सरकारले उत्पादित कृषि उपजको बजारीकरण तथा ढुवानी व्यवस्थापनका लागि स्थानीय तहसँग आवश्यक समन्वय गर्ने नीति लिइने जनाएको छ।

प्रकाशित: Jun 13, 2023| 15:37 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्