NadaNada
शुक्रबार, भदौ ६, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • मलेसियाबाट ९७ यात्रु बोकेर गौतमबुद्ध विमानस्थलमा ओर्लियो नेवानि जहाज

मलेसियाबाट ९७ यात्रु बोकेर गौतमबुद्ध विमानस्थलमा ओर्लियो नेवानि जहाज

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेवानिले पहिलोपल्ट मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान थालेको हो।
 |  मंगलबार, जेठ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

vianetvianet

काठमाडौं– सरकारी स्वामित्वको नेपाल वायुसेवा निगम (नेवानि) जहाज ९७ यात्रु बोकेर मलेसियाको राजधानी क्वालालम्पुरबाट भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा ओर्लिएको छ। ११ विदेशीसहित ९७ यात्रु बोकेर क्वालालम्पुरबाट उडेको जहाज मंगलबार बिहान गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गरेको हो।

नेवानि जहाजमार्फत गौतमबुद्ध विमानस्थलमा क्वालालम्पुरबाट आएका ९७ यात्रुमध्ये ३१ जनालाई नागरिक उड्डयनमन्त्री सुदन किरातीले स्वागत गरे।नेवानिको पहिलो व्यावसायिक अन्तर्राष्ट्रिय उडानबाट आउने यात्रुलाई स्वागत गर्न मन्त्री किराती भैरहवा पुगेका थिए।

गौतमबुद्ध विमानस्थल सञ्चालनमा आएको एक वर्षपछि राष्ट्रिय ध्वजावाहक नेवानिले पहिलोपल्ट मलेसिया–भैरहवा–काठमाडौं व्यावसायिक उडान थालेको हो। मंगलबार बिहान साढे ७ बजे निगमको १५८ सिट क्षमताको न्यारोबडी क्वालालम्पुरबाट भैरहवा अवतरण भएको हो।

११ मलेसियाका पर्यटन व्यवसायीसमेत जहाज रहेका छन्। उनीहरुले लुम्बिनी घुमेर काठमाडौं हुँदै मलेसिया फर्किने तालिका छ।

निगमले मलेसिया–भैरहवा रुटका लागि हवाई भाडा ११ हजार घोषणा गरेको छ। हाल मलेसिया–भैरहवा ३१ हजार र मलेसिया–काठमाडौं ५६ हजार एकतर्फी उडान खर्च लाग्छ।

Metro Mart

मलेसिया–भैरहवा उडान गर्न पौने ५ घन्टा लाग्ने गरेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। नेवानि जहाज आइतबार राती क्वालालम्पुर उडेको थियो।

यसअघि निगमका न्यारोबडी र वाइडबडी विमानले परीक्षण उडान गरेका थिए। कुवेतको जजिरा एयरलायन्स र हिमालयन एयरलाइन्सले व्यावसायिक उडान गरे पनि नियमित हुन सकेको छैन।

प्रकाशित: Jun 13, 2023| 12:03 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्