NadaNada
शनिबार, भदौ ७, २०८२

अवैध रासायनिक मल बरामद

खेतीपातीको समय किसानलाई अभाव देखाएर बढी रकम असुल्ने उद्देश्यले पाल्पामा अवैध रासायनिक मल लुकाइँदै।
 |  मंगलबार, जेठ ३०, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, जेठ ३०, २०८०

vianetvianet

पाल्पा– नियन्त्रणमा लिइएको अवैध रासायनिक मल (युरिया) राजस्व अनुसन्धान कार्यालय बुटवल पठाइएको छ। गत शनिबार रामपुरको एक सटरमा भण्डारण गरी राखिएको भारतीय कम्पनीको ६५० बोरा अवैध मल फेला परेको थियो।

सोमबार राजस्व अनुसन्धान अधिकृतसहित, करदाता सेवा कार्यालय पाल्पाका प्रमुख र जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब निरीक्षकसहितको टोलीले रामपुरमा ‘सिल’ गरेर राखेको मल अनुसन्धान कार्यालय बुटवल पठाइएको छ।

रामपुर–५ बेझाडस्थित विजय श्रेष्ठको घरमा (सटर भाडामा) ‘प्रधानमन्त्री भारतीय जनउर्वरक परियोजना भारत युरिया’ नामक रासायनिक मल भण्डारण गरिएको अवस्थामा फेला परेको थियो। बिल तथा कागजपत्र र सम्बन्धित व्यक्ति फेला नपरेपछि रामपुर नगरपालिकाका उपप्रमुख बालकुमारी थापाको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको सरोकारवालाको टोलीले मल ‘सिल’ गरेर राखेको हो।

हालसम्म भण्डारण गरेका सम्बन्धित व्यक्ति पहिचान भएका छैनन्। प्रतिबोरा ४५ किलो बराबरको तौल छ। गत शनिबार बिहान रम्भा गाउँपालिका–१ हुँगीमा पनि अवैधरूपमा गाडीमा ल्याउँदै गरेको ३७२ बोरा युरिया मल प्रहरीले नियन्त्रणमा लिएर सोही दिन अनुसन्धानका लागि भन्सार कार्यालय पठाइसकिएको छ।

प्रकाशित: Jun 13, 2023| 10:32 मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्