मंगलबार, चैत १७, २०८२

भारतीय टोलीको माग : विश्वकपमा  श्रीमती, नास्तामा केरा !

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

हैदराबाद (एजेनसी)- सेप्टेम्बर ११ मा सम्पन्न इङ्ल्यान्ड भ्रमणमा खराव प्रर्दशन गरेपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले समिक्षा र आगमी विश्वकपको तयारीको बारे हैदराबादमा विसीसीआईका अध्यक्ष, सिइओ, कप्तान विराट कोहली, उपकप्तान अजिंग्ये रहाने, रोहित शर्मा, प्रशिक्षक रवि शास्त्री र मुख्य चयनकर्ता एमएसके प्रसाद लगायतलाई बैठकमा बोलाईएको थियो । 

वैठकमा सहभागिहरुले विश्वकप तयारीका साथै खेलाडीहरुले आफ्ना माग र गुनासोहरु बीसीसीआई सामु ब्यक्त गरे । जहाँ भारतीय खेलाडीहरुले केहि अचम्मका गुनासा र माग गरे । उक्त माग सुनेर बैठकमा केहि समय हासो चल्यो । 

बैठकमा भारतीय खेलाडीहरुले इङ्ल्यान्ड भ्रमणको बेला आफुहरुले केरा खान नपाएको र खेल हुदाँ अनिवार्य नास्ताको रुपमा अन्य फलफुलसँगै केरा दिनु पर्ने माग राखे । यत्तीले मात्र बैठक हाँसोले गुञ्जयमान भएको भने हैन । 

उनीहरुको अर्को माग थियो विश्वकपका दौरान आफ्ना पत्नीहरुलाई लैजान र आफूसँगै साथमा राख्न पाउनुपर्ने माग थियो । उक्त माग कप्तान विराट कोहली स्वयंले राखेका थिए । यसैगरी बसको साटो ट्रेन प्रयोग गर्न दिनु पर्ने, खेलाडीहरु बस्ने होटलमा व्यवस्थित जिम अनिवार्य हुनुपर्ने लयागतमा अन्य माग पनि राखेका थिए ।

माग सुनेपछि बीसीसीआईले खेलाडीहरुका लागि पर्याप्त केरा खरिद गर्न आदेश दिएको छ भने पत्नीहरुलाई साथमा राख्नेसम्बन्धी विषयमा टिमका सबै सदस्यहरुसँग लिखित सहमति माग्ने जनाएको छ । त्यस्तै बसको सट्टा ट्रेन प्रयोग गर्दा सुरक्षाको चिन्ता हुने बीसीसीआईले खेलाडीलाई बताएको छ ।

इङ्ल्यान्ड भ्रमणमा भारतले ३ टी-२० श्रृंखला २-१ ले जित्दा ३ वान डे श्रृखला २-१ र ५ टेष्ट श्रृखला ४-१ ले गुमाउन पुगेको थियो । सन् २०१९ मा इङ्ल्यान्ड र वेल्सका विभिन्न सहरमा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेट आगमी मे ३० देखी जुल १४ सम्म हँदै छ । विश्वकपको सबैभन्दा बलियो दावेदारका रुपमा लिएको भारतको तयारी बलियो मान्न सकिन्छ । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।