शुक्रबार, पुस ४, २०८२

कम्बोडियामा शान्ति सुरक्षामा कडा पार्न सेनालाई आह्वान

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

कम्बोडिया- कम्बोडियाका प्रधानमन्त्री सम्देच टेको हुन सेनले आगामी महिना हुने आम निर्वाचनका निम्ति शान्ति सुरक्षा कडा पार्न सेनालाई आह्वान गरेका छन्। 

National life

नोम पेन्हको पश्चिमी बाहिरी इलाकामा रहेको शाही कम्बोडियन सशस्त्र बल (आरसीएएफ) एकाइको ब्रिगेड ७० को मुख्यालय नयाँ भवनको उद्घाटन समारोहमा उहाँले सो आग्रह गरेका हुन्।

उनले शान्ति राष्ट्रिय विकासको सबैभन्दा महत्त्वपूर्ण शर्त हो भन्दै  शान्ति कायम राख्न सेनाहरूले गरेको योगदानको प्रशंसा  पनि गरेका छन्। 

'म राष्ट्रिय एकतालाई सुदृढ पार्न र सबै शत्रुतालाई रोक्न सबै तहका स्थानीय अधिकारी, सम्बन्धित निकाय, एकाइ र जनतासँगको असल सहकार्यलाई निरन्तरता दिन ब्रिगेड ७० का कमाण्डर, उपकमाण्डर र सैनिकहरूलाई अपिल गर्न चाहन्छु,' उनले भने। 

प्रधानमन्त्रीले आरसीएएफ विशेषगरी ब्रिगेड ७० सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको रक्षामा मात्र नभई सामाजिक–आर्थिक विकासमा पनि सहयोग गर्ने प्रमुख शक्ति भएको बताएका छन्। दक्षिणपूर्वी एसियाली राष्ट्रले जुलाई २३ मा १२५ सिटको राष्ट्रिय सभाको लागि आम निर्वाचन गर्दैछ। राष्ट्रिय निर्वाचन समितिका अनुसार ९७ लाखभन्दा बढी कम्बोडियालीहरूले मतदानका निम्ति नाम दर्ता गराएका हुन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Jun 12, 2023| 20:15 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्