शनिबार, असार २७, २०८३

प्युठान कार दुर्घटनामा मृत्यु हुने आठै जनाको सनाखत

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

दाङ- प्युठानको स्वर्गद्वारी मन्दिरको दर्शनगरी फर्किन लागेको गाडी दुर्घटनामा ज्यान गुमाउनेको पहिचान खुलेको छ।

लुम्बिनी प्रदेश प्रहरी प्रमुख डीआइजी उमेशराज जोशीका अनुसार दुर्घटनामा दाङको तुलसीपुर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल,उनका १४ वर्षका छोरा विशाल पोखरेल र ९ वर्षका विकाश पोखरेल, दाङको लमही नगरपालिका ७ गडुवाका ४० वर्षीय गोबिन्द शाह, उनकी श्रीमती ३० वर्षीया श्रीमती राधा नेपाली र उनीहरूकै ९ बर्षका छोरा आदित शाहको मृत्यु भएको हो।

यस्तै, कार चालक दाङको लमहीका ताराबहादुर कुमालको यसअघि नै सनाखत भइसकेको छ। प्युठानको भिग्री नजिकै लु १ च ६३४५ नम्वरको स्कारपियो आज दिउँसो भीरबाट खसेको थियो।

कार करिब ४५ मिटर तल रोडमा आएर बजारिएको हुँदा बढी मानवीय क्षति भएको डिएसपी खड्काले बताए।

‘माथि रोडबाट खसेको कार तल रोडमा आएर बजारिएको हो,’ उनले भने, ‘त्यही भएर ठूलो मानवीय क्षति हुन पुग्यो।’ तीव्र गतिको कार घुम्तिमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 

प्रकाशित: Jun 12, 2023| 18:52 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्