आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • प्युठान कार दुर्घटना : स्‍वर्गद्वारी दर्शन गरी फर्किएका ८ जनाको मृत्यु 

प्युठान कार दुर्घटना : स्‍वर्गद्वारी दर्शन गरी फर्किएका ८ जनाको मृत्यु 

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं- प्युठानको स्वर्गद्वारी दर्शन गरी फर्किएकाहरु सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ। प्युठानको भिंग्रीमा सोमबार कार दुर्घटनामा परी घाइते भएका आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख डिएसपी सुवास खड्काले जानकारी दिए। 

National life

प्यूठानबाट दाङ तर्फ आउँदै गरेको लु १ च ६३४५ नम्बरको कार स्वर्गद्वारी नगरपालिका-४ भिंग्रीको घुम्तीमा पौने ४ बजे दुर्घटनामा परेको थियो। 

उनले भने, 'गम्भीर घाइते आठ जनालाई जिल्ला अस्पताल बिजुवार पुर्‍याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको हो। मृत्यु हुनेमा चार बालबालिका, दुई महिला र दुई पुरूष छन्।'

दुर्घटनामा परेका मध्य दाङको लमही नगरपालिका वडा नं. ५ का तारा कुमालको मात्रै पहिचान भएको र अन्यको पहिचान हुन नसकेको उनले जानकारी दिए। 

कार करिब ४५ मिटर तल रोडमा आएर बजारिएको हुँदा बढी मानवीय क्षति भएको डिएसपी खड्काले बताए।

kumari

‘माथि रोडबाट खसेको कार तल रोडमा आएर बजारिएको हो,’ उनले भने, ‘त्यही भएर ठूलो मानवीय क्षति हुन पुग्यो।’ तीव्र गतिको कार घुम्तिमा अनियन्त्रित भई दुर्घटनामा परेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। 
 

प्रकाशित: Jun 12, 2023| 18:09 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्