NadaNada
शनिबार, भदौ ७, २०८२

७.७९ अंकले बढ्यो नेप्से, कारोबार रकम कति ? 

 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

काठमाडौं- तीव्र उतार चढावबीच सोमबार नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा सात दशमलव ७९ अङ्कको वृद्धि देखिएको छ। नेप्से परिसूचक शून्य दशमलव ३९ प्रतिशतले बढेर एक हजार नौ सय ८७ दशमलव ८७ अङ्क पुगेको छ।

आज दुई सय ८५ कम्पनीको ७४ लाख ५४ हजार सात कित्ता सेयर दुई अर्ब ८८ करोड ६५ लाख नौ हजार चार सय १५ रुपैयाँ बराबरको कारोबार भएको छ।

आजको कारोबारमा बैंकिङ, होटल तथा पर्यटन, जीवन बिमा, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ समूह तीन दशमलव ०१, होटल तथा पर्यटन समूह चार सय ५१ दशमलव ९९, जीवन बीमा समूह सात दशमलव ६६, उत्पादन तथा प्रशोधन एक सय दुई दशमलव ९९, लघुवित्त १४ दशमलव ९४ र अन्य समूह शून्य दशमलव ६५ अङ्कले बढेको छ।

परिसूचक घट्नेमा विकास बैंक १८ दशमलव ६३, वित्त १६ दशमलव २५, जलविद्युत् सात दशमलव ८८, लगानी शून्य दशमलव ०५, म्यचुअल फन्ड शून्य दशमलव ०१, निर्जीवन बीमा पाँच दशमलव ७० र व्यापार समूह तीन दशमलव ४० अंकले घटेको छ।

Metro Mart

आज अभियान लघुवित्त वित्तीय संस्था लिमिटेड, कालिञ्चोक दर्शन लिमिटेड र विगुल इनर्जी डेभलपमेन्ट कम्पनी लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने प्रभु स्मार्ट फण्डको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सोल्टी होटल लिमिटेडको रू १५ करोड २८ लाख ५८ हजार आठ सय २१ बराबरको चार लाख ४९ हजार सात सय ४९ कित्ता सेयर किनबेच भएको छ।

कारोबार भएका सेयर संख्याका आधारमा भने सबैभन्दा धेरै शिवश्री हाइड्रोपावर लिमिटेडको चार लाख ४९ हजार सात सय ४९ कित्ता खरिदबिक्री भएको छ।

प्रकाशित: Jun 12, 2023| 16:37 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्