NadaNada
शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • भारतमा सुन महँगो भएकोले नेपालमा पनि महसुल वृद्धि : अर्थमन्त्री महत

भारतमा सुन महँगो भएकोले नेपालमा पनि महसुल वृद्धि : अर्थमन्त्री महत

 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet
Metro Mart

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल भन्दा भारतमा सुन महँगो भएकाले नेपालबाट भारतर्फ हुने चोरी निकासी रोक्न सुनको भन्सार महसुल वृद्धि गरिएको बताएका छन्।

बजेटमा उठेका प्रश्नको सोमवार संसद्‍मा जवाफ दिनेक्रममा डा. महतले भने,  'सुनको भन्सार दर विगत देखिनै भारतमा लाग्ने महसुल दर अनुरुप समायोजन गर्ने गरिएकोमा चालु आर्थिक वर्षको बजेटले भारतमा दर बृद्दि गरेको भएतापनि नेपालमा समायोजन नभएको कारण ठूलो भिन्नता रहेको थियो। त्यसलाई कम गर्न महसुल समायोजन गरिएको हो।'

भारतमा मुल्यगत आधारमा महसुल लागि सवै कर गरेर १८.९६५ प्रतिशत भएको तर नेपालमा प्रति दश ग्राम ८ हजार ५०० रुपैयाँ मात्र रहेको छ। परिमाणको आधारमा महसुल लाग्ने व्यवस्थाले अन्तर्राष्ट्रिय बजारमा आउने मूल्यको उताव चढावलाई सम्बोधन नगर्ने भएकाले भारतकै हाराहारीमा  मुल्यगत आधारमा महसुल दर १५ प्रतिशत लाग्ने व्यवस्था गरिएको महतले बताए।

प्रकाशित: Jun 12, 2023| 16:25 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्