शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • जुत्ता चप्पल : कच्चापदार्थको महसुल ३० बाट घटाएर १५% मात्रै, पार्टस र तयारी जुत्तामा हेरफेर

जुत्ता चप्पल : कच्चापदार्थको महसुल ३० बाट घटाएर १५% मात्रै, पार्टस र तयारी जुत्तामा हेरफेर

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

National life

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले  तयारी जुत्तामा ४०% तर पार्टसमा कम दर भएको कारण सबै जुत्ता पार्टसको रुपमा पैठारी हुने प्रवृत्ति देखिएकोले तयारी जुत्ता र पार्टसको महसुल दरको अन्तर कम गरिएको बताएका छन्।

आगामी वर्षको बजेटमा उठेका प्रश्नको संसद्‍मा जवाफ दिने क्रममा अर्थमन्त्री डा. महतले बास्तविक जुत्ता तथा चप्पल उद्योगका लागि आवश्यक कच्चा पदार्थमा ३० प्रतिशत महसुल लाग्ने व्यवस्था रहेकोमा सो लाई घटाई १५ प्रतिशत मात्र लाग्ने व्यवस्था गरिएको पनि बताए।

कच्चा पदार्थको आयात महसुल घटाउँदा स्वदेशी जुत्ता चप्पल उत्पादक उद्योगले विदेशी जुत्ताचप्पलसँग प्रतिस्पर्धा गर्न सक्ने र गुणस्तरीय जुत्ता चप्पल उत्पादन गर्न सक्ने अर्थमन्त्रीको विश्वास छ।

प्रकाशित: Jun 12, 2023| 16:21 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्