आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • आलु प्याजमा करः आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुने बाटो

आलु प्याजमा करः आन्तरिक उत्पादन बढाएर आत्मनिर्भर हुने बाटो

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं- किसानहरुको संरक्षण गर्न, उत्पादन बढाएर कृषिमा आत्मनिर्भर बनाउन आलु, प्याज, स्याउ जस्ता कृषिजन्य वस्तुमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको अर्थमन्त्री डा. प्रकाश शरण महतले बताउनुभएको छ। यसले स्वदेश भित्रका साना किसान संरक्षित हुने र आयात निरुत्साहित हुने अर्थमन्त्री महतले बताए। 

आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नहरुको संघीय संसद्मा जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘सँधै आयात गरेर देश आत्मनिर्भर कहिले बन्ने? आयात भेरै भयो भन्ने गुनासो सबैको छ। त्यसलाई कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्छ। आन्तरिक उत्पादन बढाउन आयातित वस्तुमा कर लगाउनुपर्छ। आन्तरिक उत्पादनलाई बढाउने कर पनि एउटा उपाय हो।’

उनले ५० लाख भन्दा कम कारोबार गर्ने किसानलाई कर नलाग्ने समेत स्पष्ट पारे। आयात गरेर त्यो भन्दा बढी कारोबार गर्नेलाई मात्रै कर लाग्ने हो।

चालु आर्थिक वर्षको १० महिनामा मात्रै आलुको आयात ८ अर्ब ८२ करोड भएको छ। त्यसतै प्याज ६ अर्ब १७ करोड र स्याउको ७ अर्ब १५ करोड भएको छ। विदेशी अनुदान प्राप्त वस्तुसँग स्वदेशी उत्पादनले प्रतिस्पर्धा गर्न नसकेको कारण यस्ता वस्तुको आयात हरेक वर्ष बढ्दै गएको देखिएको छ।

प्रकाशित: Jun 12, 2023| 16:19 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्