NadaNada
शनिबार, भदौ ७, २०८२

एमजी जेडएस इभीको लागि बुकिङ खुला

 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

काठमाडौं- एमजी भेइकलको लागि नेपालका एक मात्र आधिकारिक आयातकर्ता र वितरक पारामाउन्ट मोटर्स प्रालिले नयाँ मोडलको विद्युतीय गाडी एसयुभि एमजि जेडएस इभि (डिलक्स) को प्रि-बुकिङ खुल्ला गरेको छ।

आर्थिक वर्ष २०८०/८१ को बजेट भाषणमा ५० किलो वाट देखि १०० किलो वाट सम्मको विद्युतीय गाडीमा अत्याधिक कर बृद्धि भएतापनि एमजिको यस मोडलको गाडीको मुल्य जम्मा ५२.९९ लाख मात्र तोकिएको छ। बजेट भाषण अगाडि यस गाडीको मूल्य ५२.४९ लाख रहेको थियो।

विश्वमा चर्चित एमजि ब्रान्डले आफ्ना विविध मोडलका गाडीहरुले गर्दा नेपाली बजारमा पनि आफूलाइ एउटा अब्बल ब्रान्डको रुपमा स्थापित गर्न सफल भएको छ। विविध विद्युतीय मोडलका उपलब्ध गराएको एमजिले आफूलाई नेपालीहरुको सर्वाधिक रुचाइएको गाडी मध्यमा पर्न सफल भएको कम्पनीले दाबी गरेको छ। कोभिडपश्चात विद्युतीय गाडीलाइ आवश्यक कच्चा पदार्थको घट्दो मुल्य तथा विश्व बजारमा यस ब्रान्डको बढ्दो अत्याधिक विक्रिका कारणले एमजिले  विश्व बजारमा आफ्नो विद्युतीय गाडीको मुल्य घटाउन सफल भएको कम्पनीले जनाएको छ। त्यसकारण विद्युतीय गाडीमा भएको कर वृद्दि कारण  पनि जेडएस इभि. (डिलक्स) मोडलको गाडीको मुल्यमा खासै फरक परेको छैन। प्यारामाउन्ट मोटर्सले बजेट घोषणा हुनुअघि पैठारी गरिएका स्टकमा ग्राहकबाट अझै पनि पुरानो मूल्य रु ५२.४९ लाख तिर्नुपर्ने  जनाएको छ।

नयाँ एमजि जेड एस. इभि. (डिलक्स) ९९ मोटर पीक पावरले सुसज्जित छ जसले २८० एनएम अधिकतम टर्क प्रदान गर्दछ र ५१ किलोवाट ब्याट्री क्षमताले एकल चार्जमा ३२० किलोमिटरको दायरा दिन्छ, जुन ३० मिनेट भित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। ८ वर्ष ब्याट्री वारेन्टी रहेको छ।

सुरक्षाको लागि यसमा ६ वटा एयर ब्याग,  इएसपि, इएबि, एचडिसि, अटो होल्ड जस्ता फिचरहरु राखिएका छन् भने मनोरन्जनको लागि प्रिमियम पानोरमिक सन–रुफ,  डिएबि रेडियो र ब्लुटुथ युक्त १०.१ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्राइभरको लागि ७ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, वायरलेस फोन चार्जिङ, कि–लेस एन्ट्री र स्टार्ट, ६ वटा स्पिकर सहितको थ्री डि साउन्ड सिस्टम,  ड्राइभरको लागि ६ वे र फ्रन्ट पेसेन्जरको लागि ४वे इलेक्ट्रिकल एड्जस्टेबल लेदर पावर सिट, दुईवटा  इसोफिक्स चाइल्ड सिट एन्कोरेज पोइन्टहरू (आउटर रियर सीटहरू), ६०/४० फोल्डिङ रियर सिटहरू, रूफ रेल, पावर–फोल्डिङ जस्ता फिचरहरु राखिएको कम्पनीले जनाएको छ।

Metro Mart

एमजि जेड एस. इभि. (डिलक्स) भेरियन्ट ५ रंग विकल्पहरूमा उपलब्ध हुनेछ- डोभर ह्वाइट, कोस्मिक सिल्भर, डायमण्ड रेड, पेबल ब्ल्याक र कोमो ब्लू।

प्रकाशित: Jun 12, 2023| 15:54 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्