शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • इसेवामार्फत टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने अफर

इसेवामार्फत टेलिकमको रिचार्ज गर्दा कोमाकी स्कुटर जित्ने अफर

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं- नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल टेलिकमको रिचार्ज गर्दा इलेक्ट्रिक स्कुटर जित्न सकिने अफर ल्याइएको छ।

National life

यस अभियानमा सहभागि हुन एनटीसी प्रिपेड, एनटीसी पोस्टपेड  र एनटीसी डाटाप्याक एप वा इसेवाको वेबसाइट मार्फत रिचार्ज गनुपर्नेछ। यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुने कम्पनीले जनाएको छ। यो अभियान अवधिभर प्रोमोकोडहरू प्रयोग गरेर १० प्रतिशतसम्म क्यासब्याक प्राप्त गर्न सकिनेछ।

क्यासब्याक आफूले रिचार्ज २४ घण्टा भित्र इसेवा वालेटमा जम्मा हुनेछ। कोमाकी फ्लोरा एक इलेक्ट्रिक स्कुटर हो, जसले प्रति चार्ज ७५–१०० किलोमिटरको माइलेज दिनुको साथै सहज र रमाइलो सवारी अनुभव सुनिश्चित गराउन शक्तिशाली ३००० वाट मोटरको जडान गरिएको छ।  यस इलेक्ट्रिक स्कुटरमा ट्युबलेस टायर र डिस्क ब्रेककोका साथै अन्य विशेषता रहेका छन्। यो अभियान अवधि असार १५ सम्म लागिको लागि सञ्चालन हुनेछ।

हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ८० लाख ग्राहकले सेवा लिइरहेका छन्। यसैभरी देशभर रहेका २ लाख भन्दा बढि एजेन्ट मार्फत अप्रत्यक्ष रुपमा डेढ करोड भन्दा जनसंख्याले सेवा लिइरहेका छन्।

 

प्रकाशित: Jun 12, 2023| 15:52 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्