आइतबार, असार २८, २०८३

बीवाइडीको एटो-३ पचास किलोवाटमा पनि आउने

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं- चिनियाँ विद्युतीय गाडी निर्माता बीवाइडीको आधिकारिक बिक्रेता साइमेक्स इंकले एटो-३ लाई ५० किलोवाट ब्याट्री प्याकमा पनि ल्याउने भएको छ।

कम्पनीका अनुसार सो गाडीको केहीदिनमा बुकिङ खुल्ला हुनेछ। यो गाडीको मूल्य ५५ देखि ५८ लाखको हाराहारीमा हुने कम्पनीले जनाएको छ। कम्पनीले अरु ब्रान्ड एमजी जेडएस इभी डिलक्ससँग सीधा प्रतिस्पर्धा गर्ने तयारी गरेको हो।

एमजी जेडएस इभी डिलक्सको मूल्य ५३ लाख रुपैयाँ छ। एमजी जेडएस इभी डिलक्समा पनि उस्तै क्षमताको ब्याट्री प्याक उपलब्ध छ। यसमा भएको ब्याट्री प्याकले एक पटकको फुल चार्जमा ३२० किलोमिटर रेन्ज प्रदान गर्छ भने ५० किलोवाट क्षमताको ब्याट्री प्याक भएको एटो-३ ले भने एक पटकको फुल चार्जमा ३५० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ।

यसको मोटर पावर १०० किलोवाट नै रहेको कम्पनीले जनाएको छ। गाडी बुकिङ लिएको ४५ दिनभित्र डेलिभरी गरिने कम्पनीले जनाएको छ।

 

प्रकाशित: Jun 12, 2023| 15:49 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्