शुक्रबार, जेठ १, २०८३

इभीमा कार्यरतलाई सीप विकास गर्न नाडाद्वारा इकाई गठन

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं- नाडा अटोमोबाइल एशोसिएसन अफ नेपालले अटोमोवाइल क्षेत्रमा कार्यरत प्राविधिज्ञहरुको सिप तथा क्षमता विकासका लागि दीर्घकालिन प्रशिक्षण कार्यक्रमको सुरुवात गरेको छ। कार्यक्रमअन्तर्गत नाडाले सिप तथा क्षमता विकास इकाई समेत गठन गरिएको जनाएको छ।

National life

नाडाले उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा ६ सदस्यीय इकाई गठन गरेको हो। विद्युतीय सवारी साधनहरुको क्षेत्रमा कार्यरत प्राविधिकहरूको सिप र क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपाल उद्योग वाणिज्य महासंघ समेतको सहयोगमा नाडाले गत जेठ २४ र २५ गते नाडा सचिवालयमा दुई दिने कार्यशाला गोष्ठी गरेको थियो।

सुरुवाती चरणको कार्यशाला गोष्ठीमा विद्युतीय सवारी साधनहरु आयात गर्ने नाडाका सदस्य कम्पनीहरुबाट जम्मा ७ जना प्राविधिज्ञहरु सहभागी थिए।

यसैगरी, नेपाल उद्योग वाणिज्य महासंघकोतर्फबाट महासंघका पाठ्यक्रम विकास विशेषज्ञ खेमराज काफ्लेले गोष्ठीमा मुख्य प्रशिक्षकको रुपमा प्रशिक्षण दिएका नाडाले जनाएको छ।

गोष्ठीमा महासंघ अन्तर्गत रहेको इएलएमएसका टिम लिडर चन्द्रकान्त अधिकारी र लेखा प्रमुख पर्शुराम नेपालको विशेष सहयोग रहेको थियो। गोष्ठीको लागि नाडाका उपाध्यक्ष, विद्युतीय सवारी साधन समितिका सभापति र स्कील डेभलपमेण्ट इकाईका सभापति राजनबाबु श्रेष्ठले आवश्यक पहल गरेका थिए।

नाडाले अटोमोवाइल वर्कशपमा कार्यरत मेकानिक्सहरुको सिप र क्षमता अभिबृद्धि सम्बन्धी कार्यक्रम संचालनका लागि स्वीस सरकारको अन्तर्राष्ट्रिय गैर सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको इनसियोरसँग पनि छिट्टै संझौता पत्रमा हस्ताक्षर गर्ने तयारी गरिरहेको जनाएको छ।

 

प्रकाशित: Jun 12, 2023| 15:46 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्