आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सेनेटरी प्याड उत्पादन गर्ने उद्योग संरक्षण गर्न कच्चापदार्थ र तयारी प्याडमा फरक कर

सेनेटरी प्याड उत्पादन गर्ने उद्योग संरक्षण गर्न कच्चापदार्थ र तयारी प्याडमा फरक कर

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले सेनेटरी प्याड उत्पादन गर्ने स्वदेशी उद्योगको संरक्षणका लागि कच्चा पदार्थ र तयारी प्याडको महसुलमा १ तहको फरक व्यवस्था गरिएको बताएका छन्।

बजेटमा उठेका प्रश्नको जवाफ दिनेक्रममा अर्थमन्त्री महतले भने, 'नेपालमा सेनेटरी प्याड उत्पादन गर्ने उद्देश्यले स्थापना भएका उद्योगले सेनेटरी प्याडको निकासी समेत गर्न सक्ने क्षमताका भएकाले यस्ता प्याड उत्पादन गर्ने कच्चा पदार्थमा लाग्ने भन्सार दर १ प्रतिशत र तयारी वस्तुमा लाग्ने भन्सार दर समान राख्दा आत्मनिर्भर अवस्थामा रहेका उद्योगहरुलाई संरक्षण गर्न नसकिने भएकाले तयारी वस्तुको आयातमा लाग्ने महसुल सामान्य बृद्धि गरि कच्चा पदार्थ र तयारी वस्तुको विचको फरक एक तह गरिएको हो।'
 

प्रकाशित: Jun 12, 2023| 15:40 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्