NadaNada
शनिबार, भदौ ७, २०८२

हाइमास्ट तथा सडक बत्तीबाट बेथान र मन्थली झिलीमिली 

विद्युत् प्राधिकरणले पालिकासँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ती जडान गरेको हो। 
 |  सोमबार, जेठ २९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

vianetvianet

काठमाडौं– रामेछाप सदरमुकाम मन्थली र सुनापति गाउँपालिका–४ बेथानमा हाइमास्ट र स्मार्ट सडक बत्ती (स्मार्ट स्ट्रिट लाइट) जडान गरिएको छ। विद्युत् प्राधिकरणले पालिकासँगको साझेदारीमा मन्थली नगरपालिका र बेथानको मुख्य–मुख्य चोकमा हाइमास्ट र सडकमा बत्ती जडान गरेको हो।

बत्ती राखेपछि रातीको समयमा ती क्षेत्र झिलीमिली बनेका छन्। मन्थली नगरपालिमा पर्ने करिब ६ किलोमिटर सहरी क्षेत्रमा कम विद्युत् खपत गर्ने तर बढी उज्यालो दिने ऊर्जा दक्षतायुक्त १७० वटा सडक बत्ती जडान गरिएको छ। ६० वाटका एस्ट्रो लाइट १९ वटा, ६० वाटकै स्मार्ट लाइट ८० वटा र ९० वाटका स्मार्ट लाइट ७१ वटा जडान गरिएको छ। 

बसपार्क र विनिता चोकमा १२.५ मिटर अग्लो पोलमा चारै दिशामा उज्यालो छर्ने अत्याधुनिक हाइमास्ट लाइट जडान गरिएको छ। कम विद्युत् खपत गर्ने तर उज्यालो बढी दिने बत्ती जडान गरिएको हो। सडक बत्तीको लागत १ करोड ५६ लाख रुपैयाँ छ। 

यसैगरी सुनापति गाउँपालिकाको बेथान क्षेत्रमा ३३१ स्मार्ट लाइट जडान गरिएको छ। ६० वाटका एस्ट्रो र स्मार्ट लाइट क्रमशः १४८ र १८३ वटा स्मार्ट लाइट रहेका छन्।  १२.५ मि. अग्लो पोलमा ३ वटा हाइमास्ट लाइट जडान गरिएको छ। सडक बत्तीको लागत २ करोड रुपैयाँ रहेको छ। 

मन्थली क्षेत्रमा जडान गरिएको सडक बत्तिको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र नगरपालिकाका प्रमुख लब श्रेष्ठले संयुक्त रुपमा उद्घाटन गरे। बेथानमा जडान गरिएको बत्तीको कार्यकारी निर्देशक घिसिङ र सुनापति गाउँपालिका अध्यक्ष ठूलोकान्छा तामाङले संयुक्त रुपमा उद्घाटन गरे। 

Metro Mart

कार्यक्रममा कार्यकारी निर्देशक घिसिङले विद्युत् पुगेका ठाउँमा भइरहेको लोडसेडिङ अन्त्यपछि अहिले २४सै घन्टा अँध्यारोमा बसिरहेका प्रत्येक नागरिकको घरमा विद्युत् पु¥याउने काम अभियानकै रुपमा भइरहेको बताए। ‘देशभित्र उत्पादित विद्युत् यहीं खपत गर्ने, हिउँदमा मागअनुसार अपुग रहेको विद्युत् पुग्ने गरी जलविद्युत आयोजना बनाउने र वर्षायाममा देशभित्र खपत गरी बढी भएको विद्युत् निर्यात गर्ने रणनीतिका साथ अगाडि बढेका छौं’, कार्यकारी निर्देशक घिसिङले भने। 

स्ट्रिट लाइटले रातको समय सडक यात्रा सुरक्षित र सडक तथा सहरी सौन्दर्यलाई वृद्धि गरी रात्रिकालीन सौन्दर्य बढाउनेछ। सडक बत्तीको महसुल सम्बन्धित पालिकाले तिर्ने व्यवस्था गरिएको छ। 

प्राधिकरणको प्रणालीमा रहेको फिडर प्यानलबाट स्वचालित रुपमा स्मार्ट लाइटलाई नियन्त्रण गर्न सकिन्छ। स्मार्ट बत्ती प्राधिकरणको सर्भरसँग सीधै जोडिएको छ। सफ्टवेयरबाटै अँध्यारो हुँदा बत्ती बल्ने र उज्यालो हुँदा निभ्ने स्वचालित व्यवस्था छ। सफ्टवेयरबाट विद्युतको महसुलको बिलिङ गरिन्छ। बत्ती बले÷नबलेको अनुगमन पनि सफ्टवेयरबाटै गर्न सकिन्छ। 

प्राधिकरणले उज्यालो सहर अभियानअन्तर्गत पालिकासँगको समन्वय र साझेदारीमा मुख्य सडक, ऐतिहासिक सांस्कृतिक सम्पदा, विश्वसम्पदा सूचीमा सूचीकृत तथा पर्यटकीय स्थानमा सजावटयुक्त आधुनिक बत्ती (स्मार्ट लाइट) जडान गरिरहेको छ।

ठेक्का सम्झौताअनुसार सडक बत्ती नियमित मर्मतसम्भार पाँच वर्षसम्म निर्माण व्यवसायीले गर्नेछन्। पोल, तार, बत्तीलगायतका संरचना प्राधिकरणकै स्वामित्वमा रहनेछन्। यसबाट सहरको सौन्दर्य अभिवृद्धि हुने, विद्युत् माग बढ्ने र रातीको खेर जाने विद्युत् पनि खपत हुने प्राधिकरणको विश्वास छ।

प्रकाशित: Jun 12, 2023| 14:02 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्