आइतबार, वैशाख १३, २०८३

उरुग्वेलाई फिफा यू–२० विश्वकप उपाधि 

अर्जेन्टिनामा भएको विश्वकप खेलको फाइनलमा इटालीलाई १–० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो।
 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

National life
kumari

काठमाडौं– इटालीलाई हराउँदै उरुग्वेले फिफा यू–२० पुरुष विश्वकप फुटबलको उपाधि जितेको छ। अर्जेन्टिनामा भएको विश्वकप खेलको फाइनलमा इटालीलाई १–० गोल अन्तरले हराउँदै उरुग्वे च्याम्पियन बनेको हो।

उरुग्वेलाई उपाधि दिलाउन आवश्यक एक मात्र गोल लुसियानो रोड्रिगेजले गोल गरे। उनले खेलको ८६औं मिनेटमा गोल गर्दै उरुग्वेलाई अग्रता दिलाएका थिए।

सोही अग्रता बचाउँदै उसले पहिलो पटक पहिलो पटक यू–२० विश्वकपको उपाधि जितेको हो। उरुग्वे यसअघि पनि दुई पटक फाइनलमा पुगेको थियो।

प्रकाशित: Jun 12, 2023| 12:07 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्