शुक्रबार, जेठ १, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बिमस्टेक बैठकमा सहभागी हुन भारत उडे उद्योगमन्त्री रिजाल

बिमस्टेक बैठकमा सहभागी हुन भारत उडे उद्योगमन्त्री रिजाल

आजदेखि ३२ जेठसम्म सञ्चालन हुने सम्मेलनमा नेपालबाट उद्योगमन्त्री रिजाल भारतको कोलकाता उडेका हुन्। 
 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०

काठमाडौं– बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी प्रयास (बिमस्टेक) को छैटौं शिखर सम्मेलनमा सहभागी हुन उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजाल भारत गएका छन्।

National life

आजदेखि ३२ जेठसम्म हुने सम्मेलनमा नेपालबाट उद्योगमन्त्री रिजाल भारतको कोलकाता उडेका हुन्।

नेपालमा लगानी भित्र्याउने तथा व्यापार प्रवद्र्धनलगायत विषयमा मन्त्री रिजालले सम्बोधन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

बिमस्टेकमा नेपाल, भारत, श्रीलंका, बंगलादेश, म्यानमार, थाइल्यान्ड र भुटान छन्। बिमस्टेकको चौथो शिखर सम्मेलन नेपालमा भएको थियो भने पाँचौं श्रीलंकामा भएको थियो। तेस्रो शिखर सम्मेलन म्यानमारमा, दोस्रो दिल्लीमा र पहिलो थाइल्यान्डमा भएको थियो।

प्रकाशित: Jun 12, 2023| 11:53 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्