शनिबार, असार १३, २०८३

२३औं ग्रान्ड स्लामको उपाधि जोकोभिचलाई

 |  सोमबार, जेठ २९, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, जेठ २९, २०८०
National life
Shivam cement

काठमाडौं- नोभाक जोकोभिचले कीर्तिमानी २३औं ग्रान्ड स्लाम टेनिसको उपाधि जितेका छन्। उनले यसका लागि फ्रेन्च ओपनको फाइनलमा नर्वेका कास्पनर रुदलाई सजिलै ७–६ (७/१), ६–३ र ७–५ ले पराजित गरे।

पहिलो सेटमा केही संघर्ष गरेका ३६ वर्षीय जोकोभिचले त्यसपछिका दुई सेट भने सजिलै जितेका थिए। यो उपाधिसँगै सर्बियाली खेलाडी राफेल नाडालले भन्दा बढी ग्रान्डस्लाम उपाधि जितेका छन् जोकोभिचले।

यसै क्रममा उनी चार ग्रान्डस्लाम उपाधि कम्तीमा तीन-तीन पल्ट जित्ने पहिलो खेलाडी पनि बनेका छन्।

प्रकाशित: Jun 12, 2023| 07:13 सोमबार, जेठ २९, २०८०
प्रतिक्रिया दिनुहोस्