NadaNada
शनिबार, भदौ ७, २०८२

नेपाली औषधी उद्योगलाई गुणस्तरीय बनाउने र संरक्षण गर्न सकारात्मक छौं : मन्त्री बस्‍नेत 

 |  आइतबार, जेठ २८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

vianetvianet

काठमाडौं- नेपालमा औषधी आत्मनिर्भर तर्फ अगाडि बढाउन नेपालमा बनेका ऐन कार्यान्वयन नहुदाँ चुनौति थपेको बताइएको छ। स्वास्थ्य पत्रकार मञ्च नेपालले आइतबार नेपाली औषधी उद्योगको विकास र चुनौती विषयक अन्तक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेतले औषधी उत्पादनमा आत्मनिर्भर बन्ने तर्फ सहकार्य गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सधै तयार रहेका बताए। 

उनले नेपाली औषधी उद्योगलाई गुणस्तरीय बनाउने, संरक्षण गर्ने र साथ दिने कुरामा मन्त्रालय सकारात्मक रहने बताए। जनताका लागि राम्रो काम गर्दा गर्दै प्रशासनिक रुपमा कही कतै झन्झट भएमा आफू उत्पादकको पक्षमा रहने उनको भनाई छ।  

औषधी उत्पादक संघका पूर्व अध्यक्ष दिपकप्रसाद दाहालले ७ अर्वको कच्चा पदार्थ आयात गरेर ३० अर्वको औषधी उत्पादन गरि उद्योगको रुपमा समेत योगदान गरेको जानकारी दिए। उनले अहिले नेपाली औषधी उद्योगले ५० प्रतिशत भन्दा कम क्षमता मात्र उपयोग गरेको उल्लेख गरे।

उनका अनुसार तीस भन्दा बढी प्रकारका अति आवश्यक औषधी समेत उत्पादन गरिरहेको छ। उनले भने, ‘भारत र बंगलादेशमा आफ्ना उद्योग संरक्षण गर्न कस्ता नीति र योजना बनाएको छ। उनले नेपालमा औषधी आत्मनिर्भर तर्फ अगाडि बढाउन नेपालमा बनेका ऐन कार्यान्वयन नहुनु अर्को चुनौती रहेको छ।'

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालका अनुसार विदेशी औषधि उद्योगको अनुगमन गर्ने नेपाली औषधि कम्पनीको नगर्ने भन्ने हुदैन्। नेपाली औषधि कम्पनीको पनि अनुगमन भईरहेको उनले बताए। नेपालमा १४० वटा औषधि उद्योग रहेको उनले जानकारी दिए।

Metro Mart

औषधि उत्पादक संघ प्रज्जवलजंग पाण्डेले भने, ‘पछिल्ला केही वर्षमा औषधि उद्योगको खासै विकास गर्न सकेको छैन्।’ उनका अनुसार देशको विकाश हुन उद्योगको विकास हुन आवश्यक छ। उनले भने,‘ औषधि सम्बन्धी बनेका ऐन कानुन सैद्धान्तिक रुपमा मात्र भए तर कार्यान्वयन भने भएका छैनन्।’

स्वास्थ्य पत्रकार मञ्च नेपालका अध्यक्ष सरोज ढुंगेलले नेपाली उद्योगले भोगिरहेका समस्या र चुनौतीहरु अनेक भएकाले उद्योगी र सरोकारवाला निकायहरु एकै ठाउँमा बसेर यस क्षेत्रका विकासबारे छलफल गर्न यो कार्यक्रम आयोजना गरिएको जानकारी दिए।

प्रकाशित: Jun 11, 2023| 19:46 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्