आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • ईपान नेतृत्वका लागि किरण मल्ल समूहको उम्मेदवारी घोषणा 

ईपान नेतृत्वका लागि किरण मल्ल समूहको उम्मेदवारी घोषणा 

 |  आइतबार, जेठ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

काठमाडौं- स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था ईपानको ३२ जेठमा हुने निर्वाचनका लागि इन्जिनियर किरण मल्ल नेतृत्वको समूहले उम्मेदवारी घोषणा गरेको छ।

काठमाडौंमा आइतबार पत्रकार सम्मेलन गरी मल्ल नेतृत्वको समूहले संस्थागत विकास र सुशासनको प्रतिबद्धता सहित उम्मेदवारी घोषणा गरेको हो। अध्यक्षका प्रत्यासी मल्ल साढे दुई दशकदेखि ऊर्जा उत्पादनको क्षेत्रमा क्रियाशील छन्।

मल्ल नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा गोरे शेर्पा, उपाध्यक्षमा हिम पाठक, खुला सदस्यमा कदम केसी र दीपक पौडेल तथा महिला सदस्यमा ईशा श्रेष्ठ, सुमन जोशी र इन्दिरा पन्तले उम्मेदवारी घोषणा गरेका छन्। 'परिवर्तनका लागि नयाँ नेतृत्व' भन्ने नाराका साथ यो समूह निर्वाचनमा होमिँदै छ।
 

प्रकाशित: Jun 11, 2023| 19:40 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्