आइतबार, असार २८, २०८३

रुस्लान भोड्का उत्पादनको ५०औं वर्षमा

 |  आइतबार, जेठ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

काठमाडौं- नेपालमा लोकप्रिय रुस्लान भोड्काले ५०औं वर्ष पार गरेको छ। सन् १९७३ मा स्थापना भएको रुस्लान स्थापनाकालदेखि नै उत्कृष्ट गुणस्तर कायम गर्न सफल रहँदै आएको छ।

यस ब्रान्डले आफ्नो ५ दशकको गौरवशाली उपलब्धिको सम्झना गर्दै आफ्नो बोतल डिजाइनलाई उत्कृष्ट, आकर्षक एवं अत्याधुनिक स्वरुप दिएको छ।

हालै सार्वजनिक गरिएको नयाँ बोतल आकर्षक र पारदर्शी बनौटमा रहेको छ। जसले गर्दा बोतलमा रहेको भोड्काको शुद्धता स्पष्टसँग बाहिरबाटै अनुभव गर्न सकिन्छ।

आधा शताब्दीदेखि रुस्लानले उपभोक्ताको सन्तुष्टिलाई निरन्तर पहिलो प्राथमिकता दिंदै आएको कम्पनीले जनाएको छ। ग्राहकको चाहनालाई मध्यनजगर गर्दै सिर्जनशिलता र नयाँपन ब्रान्डका लागि विभिन्न समयमा परिष्कृत रुपमा उत्पादन एवं बोटलिङ गर्दै आएको छ र आगामी दिनमा पनि ग्राहकको चाहनालाई उच्चस्थान दिने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।

हाल सार्वजनकि गरिएको बोतल यसैको निरन्तरताको स्वरुप उत्कृष्ट र आकर्षक बोतल बजारमा ल्याएको हो। अब रुस्लान भोड्का ७५०, ३५० र १८० मिलिलिटरका प्रिमियम बोतलमा  पाउन सकिने भएको छ।

प्रकाशित: Jun 11, 2023| 17:06 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्