आइतबार, वैशाख १३, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भान्सा कोठा कुन दिशामा र कसरी राख्ने? वास्तुशास्त्र के भन्छ?

भान्सा कोठा कुन दिशामा र कसरी राख्ने? वास्तुशास्त्र के भन्छ?

 |  आइतबार, जेठ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

तपाईं घर बनाउँदै हुनुहुन्छ ? अथवा निकट भविष्यमै बनाउने सुरसारमा हुनुहुन्छ ? सामान्यतया जीवनभरमा भएको सबै बचत खर्च गरेर एकपटक बनाइने घर राम्रो, आरामदायी र बलियो हुनु आवश्यक छ। त्यसमा पनि शान्ति महसुस गराउने र समृद्धिदायक भयो सुनमा सुगन्ध हुन्छ। नेपाली समाज भाग्यमा विश्वास गर्छ। शुभ-अशुभको निकै ख्याल गर्छ। त्यसैले घरमा पनि शुभ लक्षणको मेल गराउन सकियो भने मन शान्त रहन्छ, परिवारमा मिलाप रहन्छ। घरमा शुभ लक्षणको मेल कसरी गराउने ? यसका लागि वास्तु शास्त्रले हामीलाई सहयोग गर्छ।

National life

वास्तु शास्त्र प्राचीन विज्ञान हो। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश। यसर्थ, वास्तु शास्त्र भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ। वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ।

वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ। प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ। यीमध्ये भान्साघर कुन दिशामा कस्तो र कसरी राख्ने भन्ने जानकारी यहाँ समावेश गरिएको छ।

वास्तु शास्त्रअनुसार भान्साको पवित्रता तथा स्वच्छता कुनै मन्दिरको भन्दा कम हुँदैन। त्यसैले भान्साकक्ष बनाउँदा निम्न कुराहरु ख्याल गर्नुपर्छः

भान्साघर दक्षिण-पूर्वी क्षेत्रमा बनाउनु उत्तम मानिन्छ तर ठाउँ नभए उत्तर-पश्चिममा पनि निर्माण गर्न सकिन्छ।

kumari

खाना पकाउने स्थानले पूर्वी र उत्तरी भित्तालाई छुनु हुँदैन।

पूर्व दिशातिर फर्केर खाना पकाउनु उचित मानिन्छ।

घरको ग्यास र चुल्हो बाहिरबाट नदेखिने स्थानमा हुनुपर्छ।

पानीको धारा र चुल्होलाई नजिकै राख्नु हुँदैन।

खाना भान्सा कोठाको बीच भागमा बसेर खानुपर्छ

 

प्रकाशित: Jun 11, 2023| 19:07 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्