आइतबार, असार २८, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बजेटमाथिको छलफल सकियो, अर्थमन्त्रीले सोमबार जवाफ दिने

बजेटमाथिको छलफल सकियो, अर्थमन्त्रीले सोमबार जवाफ दिने

 |  आइतबार, जेठ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

काठमाडौं- आर्थिक वर्ष २०८०/८१ बजेटमाथिको छलफल सकिएको छ। प्रतिनिधिसभामा बजेटमाथि आइतबारसम्म सांसदले बोल्ने कार्यक्रम रहेको थियो। सोहीअनुसार आजदेखि बजेटमाथिको छलफल सकिएको सभामुख देवराज घिमिरेले बताए।

बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ अर्थमन्त्री डा. प्रकाशशरण महतले भोलि सोमबारदिने भएका छन्। भोलि दिउँसो १ बजे बस्ने गरी आजको बैठक स्थगित भएको सभामुख घिमिरेले जानकारी दिए।

प्रकाशित: Jun 11, 2023| 16:31 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्