आइतबार, असार २८, २०८३

सेयर बजारमा हरियाली

 |  आइतबार, जेठ २८, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २८, २०८०

काठमाडौं- साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारमा ४०.४८ अंकको वृद्धि भएको छ। नेप्से परिसूचक २.९ प्रतिशतले बढेर १९८०.०९ विन्दुमा उक्लिएको छ।

आज सबै उपसूचकमा हरियाली छाएको छ। सबैभन्दा धेरै लगानी उपसूचक ५.११ प्रतिशतले वृद्धि भयो।

२७५ धितोपत्रको ६१ हजार ४५० कारोबारबाट ९५ लाख २८ हजार २५५ कित्ता सेयर किनबेच भएको छ भने  ३ अर्ब ४५ करोड ४३ लाखबराबरको कारोबार भएको छ।

आज भूगोल इनर्जी विकास कम्पनी र सिटी होटलको मूल्य सकारात्मक सर्किट लेभलमा बढ्यो। सिटी होटल आजैदेखि कारोबारमा आएको हो। गुहेश्वरी मर्चेण्ट, रिलायन्स फाइनान्स, नागरिक लगानी कोषसहितका धितोपत्रको मूल्य धेरैले बढेको छ।

ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड, मेघा म्यूचअल फण्ड, मनकामना स्मार्ट लघुवित्तसहितका धितोपत्रको मूल्य धेरैले घटेको छ। नागरिक लगानी कोष, शिवम् सिमेन्टसहितका धितोपत्रको बढी कारोबार भएको छ।

 

प्रकाशित: Jun 11, 2023| 15:28 आइतबार, जेठ २८, २०८०
प्रतिक्रिया दिनुहोस्