आइतबार, वैशाख १३, २०८३

पर्यटकीय आकर्षण बढाउन ‘हनि हन्टिङ’

 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

कास्की- कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पर्यटकीय आकर्षण बढाउन भीर मौरीको मह काट्ने (हनि हन्टिङ) कार्यक्रम सञ्चालन गरिने भएको छ। 

National life

माछापुच्छ्रे गाउँपालिका–९ स्थित सिदिङ युनाइटेड क्लबको आयोजनामा ‘हनि हन्टिङ’ गर्न लागिएको सो वडाका अध्यक्ष हरिबहादुर क्षेत्री (राजेन्द्र) ले जानकारी दिए। मर्दी खोलाको आधार शिविरमा पर्ने ठूलो भीर र कोप्रे भीरमा जेठ २८ र २९ गते दुई दिनसम्म ‘हनि हन्टिङ’ कार्यक्रम गरिने वडाध्यक्ष अधिकारीले बताए। 

जेठ असारमा भीर मौरीको सिकार गर्नु उपयुक्त समय भएकाले पर्यटकीय आकर्षणको केन्द्र बनाउने उद्देश्यसहित कार्यक्रम गरिएको वडाध्यक्ष अधिकारीले बताए। यो समयमा ‘हनि हन्टिङ’ निकै चुनौती र जोखिमपूर्ण रहेको वडाध्यक्ष अधिकारीको भनाइ छ। 'जेठ र असारमा काटेको भीर मौरीको सिकार गर्नु अलि बढी खतरा मानिन्छ,' वडा अध्यक्ष अधिकारीले भने, 'सुरक्षा चुनौतीको समाना गर्न वडाले समन्वय गरिरहेको छ। यो पर्यटकीय आकर्षणको केन्द्र बन्नसक्छ।'

स्थानीय मेखबहादुर तामाङका अनुसार ‘हनि हन्टिङ’ मा प्राचिन तरिकाले जसरी मह काटिन्थ्यो त्यसरी नै काटिने छ। यो नयाँ पुस्ताका लागि नौलो हुने उनको विश्वास छ। ‘हनि हन्टिङ’ हुने भीर मर्दी हिमाल ट्रेक तथा माछापुच्छ्रे नमूना पैदल मार्गको सङ्गमस्थल हो।

‘हनि हन्टिङ’ कार्यक्रमले पदयात्रामा जाने पर्यटकका लागि समेत आकर्षण थपिने स्थानीय तामाङले बताउनुभयो। भीर मौरीको मह काट्नका लागि दिन हेराएर साइत जुराउने प्रचलन रहेको स्थानीय तामाङले जानकारी दिए।

kumari

प्रकाशित: Jun 10, 2023| 21:30 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्