बुधबार, फागुन २७, २०८२

स्वास्थ्य मन्त्रालयले भन्‍यो - पहिलो बच्चा जन्माउन ३५ वर्षभन्दा ढिलो नगरौं

 |  शनिबार, जेठ २७, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले उपयुक्त जन्मान्तरका बारेमा जानकारी गराएको छ।

National life

केन्द्रका अनुसार २० वर्ष पुगेपछि मात्र पहिलो बच्चा जन्माउन उपयुक्त हुन्छ। महिलाको उमेर २० वर्ष पुगेपछि मात्र शारीरिक एवं मानसिक रूपले परिपक्व हुने गर्छ।

यस्तै, पहिलो बच्चा जन्माउनका लागि ३५ वर्षभन्दा ढिलो गर्न उपयुक्त नहुने केन्द्रले जनाएको छ। केन्द्रका अनुसार एक बच्चा जन्माएपछि पुनः अर्को बच्चा तीन वर्षपछि जन्माउनु राम्रो हुन्छ।

आफैँ वा गराइएको गर्भपतनपछि पुनः गर्भवती हुन महिलाले कम्तीमा ६ महिना कुर्नुपर्नेमा केन्द्रले जोड दिएको छ।

दम्पतीले परिवार नियोजनको उपयुक्त साधनको प्रयोग गर्न सक्छन्। परिवार नियोजनलाई व्यवस्थित र सुखी परिवारका लागि सहयोग पुर्‍याउन अपनाइने उपायका रूपमा लिइने सो केन्द्रले जनाएको छ।

Laxmi sunrise bank
kumari

परिवार नियोजनका फाइदा 

१. अनिच्छित गर्भधारण, असुरक्षित गर्भपतन हुनबाट बचाउँछ। पहिलो बच्चा ढिलो पाउन र दुई बच्चाबीचको जन्मान्तर कायम गर्न सहयोग पुर्‍याउँछ।

२. राम्रो स्याहारसुसार पाउनाले आमा र बच्चा दुवैको स्वास्थ्य र पोषण अवस्थामा सुधार हुन्छ।

३. मातृ, नवजात शिशु तथा बालबालिका बिरामी हुने र मृत्यु हुने दरमा कमी ल्याउँछ।

४. आफ्ना सन्तानलाई राम्रो शिक्षा प्रदान गर्न सकिन्छ।

५. व्यक्ति र दम्पतीको आर्थिक उत्थान र सुखी जीवनयापन गर्न मद्दत पुर्‍याउँछ।

प्रकाशित: Jun 10, 2023| 19:52 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्