मंगलबार, चैत १७, २०८२

एमबाप्पेको गोलले बन्यो पीएसजीको रेकर्ड

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

पेरिस (एजेन्सी)- लिग वनमा आइतबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी)मा युवा स्टार खेलाडी केलियन एमबाप्पेले गरेको गोल मार्फत पीएसजीले नयाँ रेकर्ड बनाएको छ । 

आफ्नो मुख्य प्रतिद्वन्द्वी मार्सिलेलाई २-० ले पराजित गर्दै सुरुवाती ११ खेलमा अपराजित यात्राको रेकर्ड टोटनह्याम हट्सपरसँग बराबरी गरेको हो । यसअघी टोटनह्यामले पनि सुरुवाती ११ खेलमा लगातार जित निकाल्दै रेकर्ड बनाएको थियो । 


एमबाप्पेले एंगल डी मारियाको पासलाई बिजुली चम्के जस्तै गरि गति बढाउँदै बोबाकर कामरालाई बिट गर्दै गोल गरेका थिए । खेलको इन्जुरी समयमा जुलियन ड्रेक्सलरले पीएसजीका लागि थप एक गोल गरेका थिए । 

उनले स्टार खेलाडी नेयमारको अफ टार्गेट पासको सदुपयोग गर्दै गोल गरेका थिए । नेयमारले केही मौका आफ्ना घर प्रशंसक अगाडी गुमाएका थिए ।

 
युरोपको शिर्ष पाँच लिग मध्यबाट एक लिग सिजनको सुरुवातमा पीएसजीले १९६०-६१ पछि लगातार ११ जितको रेकर्ड बनाएको हो । एरिक म्यक्सिमको स्थानमा दोस्रो हालफमा मैदान प्रवेश गरेका एमबाप्पे यस सिजन युरोपका पाँच लिगमा १० गोल सहित शिर्षस्थानमा छन् । 

१९ बर्षीय एमबाप्पे यस सिजनको च्याम्पियन्स लिग सहित १० खेल खेल्दै १२ गोल गरेका छन् । डिफेन्डीङ च्याम्पियन पीएसजी लिगको दोस्रो स्थानमा रहेको लिली भन्दा आठ अंकले अगाडी छ ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।