NadaNada
शनिबार, भदौ ७, २०८२

साढे दुई घन्टा डुलेपछि खानेपानीको जोहो

भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म पाल्पापालीडाँडाका स्थानीय खानेपानीको खोजीमा भौंतारिनुपर्ने विवशता।
 |  शनिबार, जेठ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

vianetvianet

स्याङ्जा– स्याङ्जाको गल्याङ नगरपालिका–३ पाल्पालीडाँडाका स्थानीयले खानेपानीको जोहो गर्न दुई घन्टा बिताउने गरेका छन्। गल्याङ बजारबाट पाल्पालीडाँडा करिब ३ सय मिटर दूरीमा पर्छ। यहाँका अधिकांशले ज्याला मजदुरी गरेर जीविकोपार्जन गरिरेहका छन्।

भालेको डाँकोसँगै उठेर बिहान ९–१० बजेसम्म सबैको समय पानीको खोजीमा बित्छ। बस्ती बसेदेखि अहिलेसम्म यहाँका स्थानीय दुई÷अढाई घन्टा पिउने पानीको खोजीमा बिताउँछन्। ‘बर्खा होस्, या हिउँद डोकोमा पानी नबोकी सुखै छैन। बर्खामा अलि नजिकको मुहानमा पानी पाइए पनि हिउँदमा पानी कहाँ छ भन्दै खोज्दै हिँड्नुपर्छ’, स्थानीय ४८ वर्षीया चनिसरा गाहाले भनिन्, ‘पानीको व्यवस्था गरिदिन नगरपालिकासँग धेरै अनुरोध गरियो तर डोकोमा नबोकी खानै पाइँदैन।’

उनले हिउँदको समय पानी खोज्न दुई÷अढाई घन्टा लाग्ने बताउँदै एउटा मुहानमा पानी नभए अर्कोमा जानुपर्ने बाध्यता रहेको सुनाइन्। ‘स्कुल जाने केटाकेटीलाई पानी लिन पठायो १० उतै बजाउँछन्। पानीका कारण राम्रोसँग पढ्न पनि पाउँदैनन्’, गाहाले भने। 

स्थानीय ६९ वर्षीया चेतकुमारी गाहाले पाल्पालीडाँडामा बस्न थालेदेखि पानी बोकेरै खाएको दुःखेसो पोखिन्। ‘पानी बोकेरै जीवन बिताउनुपर्ने भयो। घरमै आएको पानी थाप्ने दिन कहिले आउला?’ उनले प्रश्न गरिन्, ‘यो डाँडामा बोल्ने मान्छे पनि कोही नभएर होला, खानेपानीमा सधैँ सास्ती खेप्नुपरेको छ।’ 

स्थानीय ५५ वर्षीय अमर थापाले आँधीखोला लिफ्टिङ खानेपानीले वस्तुभाउलाई खुवाउन सहज बनाएको बताइन्। ‘मान्केखोलाको पानी पिउनयोग्य खासै मानिँदैन। ९ घरको संयुक्त एकमात्र धारा छ। वस्तुभाउलाई खुवाउन सबैले डोकोमै बोक्ने गरेका छौं’, उनले भनिन्, ‘मान्केखोलाको पानी आएको पनि धेरै भएको छैन। कल्लेरीको पानी ल्याउने भनेर घरघरै धारा बनाएका छन्।’ कल्लेरीको पानी आए पिउने पानीको समस्या हट्ने उनले बताइन्।

Metro Mart

तुलसीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाका अध्यक्ष लीलाबल्लै अर्यालले ‘एक घर एक धारा’ कार्यक्रमअन्तर्गत पाल्पालीडाँडामा पिउने पानी वितरणका लागि तयारी भइरहेको जानकारी दिए। अबको एक महिनाभित्र सबैका घरघरमा पानीको धारा आइपुग्ने उनको दाबी छ।

गल्याङ नगरपालिका–३ का वडाअध्यक्ष कृष्ण भट्टराईले तुलसीभञ्ज्याङ खानेपानी तथा सरसफाइ आयोजनाको पानी अपुग भए कोसेढुंगाको पानी लिफ्टिङ गरेर पाल्पालीडाँडामा ल्याउने योजना बनाइएको जानकारी दिए। अबको केही महिनाभित्रै गाउँमा खानेपानी समस्या अन्त्य हुने उनको भनाइ छ।

प्रकाशित: Jun 10, 2023| 15:23 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्