NadaNada
शनिबार, भदौ ७, २०८२
  • गृहपृष्ठ
  • अर्थ
  • बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ हेर्न पर्यटकको भीड

बर्दिया राष्ट्रिय निकुञ्जमा पाटेबाघ हेर्न पर्यटकको भीड

प्राकृतिक रूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा पर्छ बर्दिया राष्ट्रिय निकुञ्ज।
 |  शनिबार, जेठ २७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, जेठ २७, २०८०

vianetvianet

बर्दिया– गर्मी मौसम सुरु भएसँगै बर्दिया राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ। गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिने निकुञ्जका सहायक संरक्षण अधिकृत बद्रीविनोद दाहालले जानकारी दिए।

राष्ट्रिय निकुञ्जमा लोपोन्मुख पाटेबाघको सङ्ख्या बढेर १२५ पुगेपछि बाघ हेर्नकै लागि पर्यटक बर्दिया आउने गरेको निकुञ्ज प्रशासनले जनाएको छ।अघिल्लो आवमा एक हजार विदेशी पर्यटक आएकामा अहिले ६ हजार हाराहारीमा पुगेको सहायक संरक्षण अधिकृत दाहालले उल्लेख गरे।

यसैगरी अघिल्लो आर्थिक वर्ष आन्तरिक १० हजार पर्यटकले निकुञ्ज अवलोकन गरेकामा अहिले १५ हजार पुगेका छन्। गत आवमा ४ सय सार्क मुलुकका पर्यटकले अवलोकन गरेकामा अहिले बढेर एक हजार पुगेका छन्। बाघ हेर्नकै लागि गत वर्षभन्दा यस वर्ष पर्यटकको संख्या बढेको सहायक संरक्षण अधिकृत दाहालले जानकारी दिए।

पाटेबाघ, एक सिंगे गैँडा, चितुवा, जरायो, चित्तल, लगुना, बाह्रसिङ्गे र जंगली  हात्तीलगायत स्तनधारी वन्यजन्तु निकुञ्जमा पाइन्छन्। जलचरमा घडियाल गोही, मगर गोही, सोंस र विभिन्न किसिमका माछा यहाँ पाइन्छन्।

निकुञ्जमा ४३८ थरी रैथाने र बसाइँ सरी आउने चराको अभिलेख रहेको छ। प्राकृतिक रूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन्।

Metro Mart

प्रकाशित: Jun 10, 2023| 10:51 शनिबार, जेठ २७, २०८०
प्रतिक्रिया दिनुहोस्