मंगलबार, चैत १७, २०८२

रियलका प्रशिक्षक लुपेटेगुई बर्खास्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४

National life
kumari

मड्रिड (एजेन्सी)-रियल मड्रिडका प्रशिक्षक जुलेन लुपेटेगुईलाई रियलले प्रसिशक्ष्नकबाट बर्खास्त गरेको छ । क्लबमासाढे ४ महिना मात्र बिताएका लुपेटेगुई क्लबले बर्खास्त गरेको हो । 

स्पेनिस क्लबले जिनेदिन जिदानलाई परिवर्तन गर्दै लुपेटेगुईलाई प्रशिक्षकमा नियुक्त गरेको थियो । उनले विश्वकप सुरु हुन् १ दिन मात्र बाँकी हुँदा स्पेनको मूख्य प्रशिक्षकको भूमिकाबाट पदमुक्त हुदै रियललाई  सम्हालेका थिए । 

तर गत शनिबार राति एल क्लासिकोमा बार्सिलोनसँग ५-१ गोलको फराकीलो अन्तरले पराजित भएसँगै उनलाई बर्खास्त गर्ने निर्णयमा पुगेको हो । लिगमा रियकको यो विगत १८ वर्षको सबैभन्दा फितलो सुरुआत हो । रियल हाल १० खेलमा ४ मात्र जित्दै अंक तालिकाको ९ औं स्थानमा छ ।
 
रियल मड्रिडले पछिल्ला तीन बर्षमा च्याम्पियन्स लिगको उपाधि जितेको छ । सन् २००१/२ यता नौ पटक स्पेनिस लिगको उपाधि उचालेको छ । उनको स्थान अस्थायी रुपमा पुर्व खेलाडी तथा रियल म्याड्रिड ‘ब’ का प्रशिक्षक सान्टिएगो सोलारीले लिनेछन् । 

लुपेटेगुई सोमबाट प्रशिक्षणमा सहभागि भएका थिए । लगत्तै बसेको बोर्ड बैडकले उनको निर्णयमा निर्णय गरेको हो । रियल मड्रिड यतिबेला रेलिगेशन क्षेत्रबाट मात्र ६ अंकले माथि छ । र शीर्ष स्थानको बार्सिलोना भन्दा ७ अंकले पछाडी छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।